होटल तालिम चलाउन पाउनुपर्ने माग

समाधान संवाददाता २०७७ असोज १० गते ८:३७

समाधान संवाददाता, पोखरा

होटल तालिम सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै होटल तालिम प्रदायक संघ नेपालले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएको छ ।

प्रजिअ ढकाललेसानो संख्यामा भर्ना लिई अनलाइन माध्यमबाट सैद्धान्तिक कक्षा चलाउन सकिने बताए ।

Advertisement

ज्ञापनपत्रबारे सरकारले छिटै सकारात्मक निर्णय लिने जानकारी दिँदै ढकाललेआम नागरिकका यस्ता खालका गुनासालाई क्रमशः सम्बोधन गर्ने उल्लेख गरे ।

संघका अध्यक्ष ज्ञानबहादुर रानाले कोभिड–१९ को महामारीका कारण रोकिएका छोटा अवधिका होटल तालिम पुनः सञ्चालनको अनुमति दिन माग गरे ।

Advertisement

होटल, रेस्टुरेन्ट तथा सार्वजनिक यातायात समेत सञ्चालन भइसकेको अवस्थामा अति न्यून संख्यामा प्रशिक्षार्थी हुने होटल तालिमलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सञ्चालनको अनुमति दिनसमेत ज्ञापनपत्रमा माग गरिएको छ ।

होटल तालिममा पोषणयुक्त तथा स्वस्थकर खाना र सरसफाइबारे समेत सिकाइने उल्लेख गर्दै ज्ञापनपत्रमा व्यक्तिगत तथा वातावरणीय सरसफाइमा समेत ध्यान दिने प्रतिबद्धता जनाइएको छ ।

होटल तथा पर्यटन व्यवसायलाई आवश्यक दक्ष तथा अर्धदक्ष जनशक्ति उत्पादन गर्ने र बेरोजगार युवालाई होटल तथा पर्यटन व्यवसायमा संलग्न गराई रोजगार एवं स्वरोजगार उन्मुख बनाउन होटल तालिम प्रदायक संस्थाहरूले उल्लेख्य योगदान गरेको समेत ज्ञापनपत्रमा दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया