दिल्लीकाे दाेश्राे जितमा चेन्नईकाे दाेश्राे हार

समाधान संवाददाता २०७७ असोज १० गते ८:५३

एजेन्सी, आबुधावी

Advertisement

ईण्डियन प्रिमियम लिग आइपिएलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो खेलमा जित हात पार्दा साविकाे उपविजेता चेन्नई सुपर किङले लगातार दाेश्राे हार बेहाेरेकाे छ । आइपिएलकाे इितहासमा याे चेन्नइकाे सबै भन्दा खराब सुवात मध्ये एक हाे ।

नेपाली खेलाडी सन्दिप लामिछानेले खेल्ने माैका नपाएपनि दिल्लीले शुक्रबार राति भएको खेलमा चेन्नई सुपरकिंग्सलाई ४४ रनले पराजित गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा १७५ रन जोड्यो। उसका लागि पृथ्वी शाले ४३ बलमा ६४ रन जोडे।

शिखर धवनले ३५ रन जोड्दा रिशव पन्तले नटआउट ३७ रन बटुले। श्रेयर इयर २६ रनमा आउट हुँदा मार्कोस स्टोइनिस ५ रनमा अविजित रहे। 

Advertisement

१७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १३१ रन मात्र जोड्यो।

उसका लागि फाप डु प्लेसिसले ४३ रन जोडे। केदार जादवले २६ रन जोडे भने कप्तान महेन्द्रसिंह धोनीले १५ रन र रवीन्द्र जडेजाले १२ रन बटुले।

बलिङमा दिल्लीका कागिसो रबडाले ३ विकेट लिए भने एनरिच नोर्ट्जेको नाममा २ विकेट रह्यो।

तपाईको प्रतिक्रिया