कस्तो रहनेछ आजको मौसम ?

समाधान संवाददाता २०७७ असोज १० गते ९:०४

समाधान संवाददाता

आज देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भइ पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुधारको क्रममा रहेको मौसम शनिबार पनि केही मात्रामा सुधार हुने मौसमविदको आँकलन रहेको छ ।

Advertisement

पश्चिममा भन्दा पूर्व तिर मौसम बदली भइ वर्षाको सम्भावना बढी रहेको छ ।

दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थान तथा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानमा मेभगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Advertisement

राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

तपाईको प्रतिक्रिया