कास्कीका यी ठाउँमा भोलि विद्युत अवरुद्द हुने

समाधान संवाददाता २०७७ असोज १० गते १७:५६

समाधान संवाददाता, पोखरा

कास्कीका केही ठाउँमा आइतबार विद्युत अवरुद्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले तातोपानी फिडरबाट विद्युत प्रवाह हुने पोखरा महानगरपालिका र माछापुच्छ्रे गउँपालिकाका केही ठाउँमा आइतबार विद्युत अवरुद्द हुने जानकारी दिएको छ ।

Advertisement

मर्मतका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत प्रवाहमा समस्या हुने केन्द्रले जनाएको छ ।

तातोपानी फिडर अन्तर्गतका फूलबारी, केआई सिंह पुल, लामाचौर, बाटुलेचौर, भलाम, काहुँ, अर्मला, सिल्दुजुरे, पुरन्चौर, भुर्जङखोला, माछापुच्छ्रे गउँपालिकाको लाहाचोक र घाचोकमा विद्युत अवरुद्द हुने भएको हो ।

Advertisement

मर्मत कार्य तोकिएको समय अगावै सकिए विद्युत नियमित सूचारु हुने केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया