एभर्टन लिगकाे शिर्ष स्थानमा

समाधान संवाददाता २०७७ असोज ११ गते ७:०१

एजेन्सी

Advertisement

एभर्टनले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा प्रभावशाली जितको यात्रा कायम राखेको छ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनले सिजनमा तेस्रो जित दर्ता गर्न सफल भयो। अवे मैदानमा भएको खेलमा उसले क्रिष्टल प्यालेसलाई २–१ ले पराजित गरेको हो ।

१० औँ मिनेटमा डोमिनिक–काल्भर्ट लेविनको गोलबाट एभर्टनले सुरुवाति अग्रता लियो। चेइखो कुयाटेले २६ औँ मिनेटमा क्रिष्टल प्यालेसका लागि बराबरी गोल फर्काए ।

४० औँ मिनेटमा पाएको पेनाल्टीमा रिचार्लिसनले गोल गरेपछि एभर्टनको जित निश्चित भएको हो। लगातार तीन खेलमा जित निकालेको एभर्टन ९ अंकसहित शीर्ष स्थानमा छ ।

Advertisement

तपाईको प्रतिक्रिया