बार्सिलाेनाकाे विजयी सुरुवात

समाधान संवाददाता २०७७ असोज १२ गते ७:०१

एजेन्सी

लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।

बार्सिलोनाले भिल्लारियलमाथि ४–० को शानदार जित निकाल्ने क्रममा आन्सु फातीले दुई तथा मेस्सीले एक गोल गरे । बार्सिलोनाले एक गोल उपहारमा पायो । चारै गोल पहिलो हाफमा भएको हो।

Advertisement

फातीले १५ र १९ औँ मिनेटमा गोल गरी बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ३५ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । ४५ औँ मिनेटमा भिल्ला रियलका पाउ टोरेसले आत्मघाती गोल गरेका हुन् ।

मेस्सीले ला लिगामा पछिल्लो १७ सिजनमा लगातार गोल गर्दै आएका छन् । युरोपका शीर्ष पाँच लिगमा पछिल्लो १७ सिजनमा गोल गर्ने मेस्सीसहित, रोनाल्डो र रियल मड्रिडका सर्जिओ रामोस मात्र हुन् ।

Advertisement

बार्सिलोना छोड्ने असफल प्रयासपछिको पहिलो लिग खेलमा मेस्सीले गोल गरेर टिमलाई जित दिलाएका हुन् । लुइस स्वारेजलाई क्लब छाेड्न दिएपछि थप निराश भएका मेस्सीले आफ्नाे प्रदर्शनमा भने कमी आउन दिएनन् ।

तपाईको प्रतिक्रिया