पौडेल समूहको विरोधपत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने

समाधान संवाददाता २०७७ असोज १२ गते ९:२०

समाधान संवाददाता, काठमाडौं

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

विरोधपत्रमा सिटौला समूहको हस्ताक्षर जुटाएर देउवालाई दबाब दिनका लागि पौडेल समूहले ठूलै प्रयास गरेको थियो।

Advertisement

आइतबार विहान आफ्नै निवास बोहोराटारमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोधपत्रमा हस्ताक्षर गरेर पार्टीलाई विधान अनुसार हिडाउनका लागि सिटौलालाई आग्रह गरेका थिए ।

जवाफमा सिटौलाले विरोधपत्रमा आफ्नो समूहले हस्ताक्षर नगर्ने बताएका थिए ।

Advertisement

‘आइतबार विरोधपत्र दर्ता गर्न जान लागेको त्यसमा तपाईको समूहले पनि हस्ताक्षर गर्नुपर्यो भनेर रामचन्द्रजीले भन्नुभयो,’ पौडेलसँगको भेटपछि नेता सिटौलाले भने तपाईंको समूहले सुरु गरेको हस्ताक्षरमा धेरैको किन चाहियो र भन्ने प्रश्न गरें।

तपाइँहरुबीच विस्वास टुटेको त होइन होला नि भनेर आफूले पौडेलसँग कुरा गरेको पनि उनले उल्लेख गरे।

सिटौला समूहले हस्ताक्षर नगरेपछि आइतबार पार्टी कार्यालयमा दर्ता गर्ने भनिएको विरोधपत्र मध्यान्ह ४ बजेसम्म दर्ता गरिएको छैन।

समायोजन, क्रियाशील सदस्यता, विभाग गठन, भ्रातृ तथा शुभेच्छुक संस्थाको मुद्दा अघि सारेर पौडेल समूहले तयार गरेको विरोध पत्रमा पौडेलसहित महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पनि हस्ताक्षर गरेका छन्।

यसका लागि शनिबार दिउँसो २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया