बढ्यो सुनको मूल्य, कति छ आज ?

समाधान संवाददाता २०७७ असोज १३ गते ११:४४

समाधान संवाददाता

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै मंगलबार तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि आज बढेर तोलामा ११७५ रुपैयाँमा कारोबार भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया