दिल्लीकाे पहिलाे हार, सनराइजरकाे पहिलाे जित

एजेन्सी
रसिद खानकाे उत्कृष्ठ बलिङकाे कारण आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सिजनको पहिलो हार बेहोरेको छ भने सनराइजर हैदरावादले पहिलाे जित निकालेकाे छ ।
दिल्लीलाई मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादले १५ रनले पराजित ग¥यो। सुरुवाती दुई खेलमा पराजित भएको हैदरावादको भने यो पहिलो जित हो।
पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेटको क्षतिमा १६२ रन जोड्यो। उसका लागि जोनी वायस्टोले ४८ बलमा ५३ रन बटुले।
कप्तान तथा ओपनर डेभिड वार्नरले ३३ बलमा ४५ रन र केन विलियमसनले २६ बलमा ४१ रन जोडे।
बलिङमा दिल्लीका अमित मिश्रा र कागिसो रबाडाले २(२ विकेट लिए।
१६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्र जोड्न सक्यो।
दिल्लीका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले सबैभन्दा बढी ३४ रन जोडे। रिशव पन्तले २८ रन तथा शिमरन हेटमेयरले २१ रन बटुले। अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्।
बलिङमा हैदरावादका रासिद खानले ३ विकेट लिए। प्लेयर अफ दि म्याच भएका खानले ४ ओभरमा १४ रन मात्र दिए। भुवनेश्वर कुमारले २ विकेट हात पारे।
आइपिएलमा बुधबार राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया