नेयमारकाे गाेलमा पिएसजीकाे फराकिलाे जित

समाधान संवाददाता २०७७ असोज १७ गते ८:०२
LISBON, PORTUGAL - AUGUST 18: Neymar of Paris Saint-Germain celebrates victory after the UEFA Champions League Semi Final match between RB Leipzig and Paris Saint-Germain F.C at Estadio do Sport Lisboa e Benfica on August 18, 2020 in Lisbon, Portugal. (Photo by Manu Fernandez/Pool via Getty Images)

एजेन्सी

फ्रेन्च लिग वान फुटबलमा खराब सुरुवात गरेकाे पेरिस सेन्ट–जर्मेन (पिएसजी) लयमा फर्किएकाे छ । उसले शुक्रबार राती भएकाे खेलमा शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले एन्जर्सलाई ६–१ ले पराजित गरेको हो ।

पिएसजीका लागि नेइमारले दुई तथा एलेसान्ड्रो फ्लोरेन्जी, जुलिएन ड्रेक्सलर, इड्रिसा गुएयी र केलियन एमबाप्पेले एक–एक गोल गरे । एन्जर्सका लागि इजमाइल ट्राओरीले एक गोल गरेका हुन् ।

Advertisement

सातौँ मिनेटमा फ्लोरेन्जीले गरेको गोलबाट पिएसजीले अग्रता लियो । नेइमारले ३६ र ४७ औँ मिनेटमा गोल गरे।

एन्जर्सका ट्राओरीले ५२ औँ मिनेटमा गोल फर्काएका हुन् । त्यसपछि पिएसजीका लागि ५७ औँ मिनेटमा ड्रेक्सलर, ७१ औँ मिनेटमा गुएयी र ८४ औँ मिनेटमा एमबाप्पेले गोल गरी प्रभावशाली जित दिलाएका हुन् ।

Advertisement

नेइमारले दुई खेलको प्रतिबन्धपछि मैदान फर्किएको खेलमा दुई गोल गरेर टिमलाई शानदार जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् ।

तपाईको प्रतिक्रिया