खेलकुदको विकासको लागि गक्ष अनुसारको बजेट

समाधान संवाददाता २०७७ असोज १९ गते १०:४६

समाधान संवाददाता
पोखरा

खेलकुद क्षेत्रको व्यवस्थित रुपमा विकास गर्न गण्डकी प्रदेश सरकारले खेलकुद विधेयक ल्याएकाे छ ।

खेलकुद परिषद गठन गरेर समग्र रुपमा खेलकुदको विकास गर्ने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए । उनले गण्डकी प्रदेशलाई खेलकुद केन्द्रको रुपमा विकास गर्नको लागि नीति कार्यक्रम बजेट मार्फत सम्बोधन गरेको बताए ।

Advertisement

नेपाल मार्सल आर्टस् हाप्किडो संघको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रदेशले गक्ष अनुसार बजेट विनियोजन गरेर खेलकुदका गतिविधिहरु अगाडी बढाएको उल्लेख गरे ।

‘खेलकुदको पूर्वाधारको विकास र लगानी बढाएको खण्डमा खेलाडीको भविश्य सुनिश्चित हुन्छ,’मन्त्री गुरुङले भने, ‘पहिले आर्थिक समृद्धि हासिल गरे खेलकुद लगायतका सबै क्षेत्रको विकास गर्न सकिन्छ ।’ मन्त्री गुरुङले प्रदेश सरकारले खेलकुदको पाठ्यक्रम तयार गर्न लागेको जानकारी दिए । खेलकुदले राष्ट्रिय पहिचान बोकेको उल्लेख गर्दै उनले खेलाडीलाई स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तराषर््िट्रय स्तरको पदक जित्ने हिसाबले अगाडी बढ्न सुझाव दिए । खेल भनेको प्रतिस्पर्धा भएको उल्लेख गर्दै उनले उत्कृष्ठ बनेर अगाडी बढ्ने खेलाडीको लक्ष्य हुनु पर्ने बताए ।

Advertisement

मन्त्री गुरुङले मार्सल आटर््सका विभिन्न विधाका खेलहरुलाई कुट्ने पिट्ने नभएर आत्मरक्षा सहित राष्ट्रको प्रतिष्ठासंग जोडिएको उल्लेख गरे । ‘खेल नियम हो, नियम मान्नु भनेको अनुशासित बन्नु हो,’ मन्त्री गुरुङले भने, ‘खेलकुदले व्यक्तिहरुलाई अनुशासित बनाउंछ, नियममा नबसे खेल खेल जस्ता हुदैन ।’ खेल प्राविधिक विषय भएको उल्लेख गर्दै उनले खेलाडीले उत्कृष्ठ बन्न सीप,कला र कौशलमा निखारता ल्याउन पर्ने सुझाव दिए ।
राष्ट्रिय खेलकुद परिषद सदस्य सम्पन्न श्रेष्ठले खेलकुदको समग्र विकास गर्न सके समृद्धि हासिल गर्न सकिने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले खेलकुद क्षेत्रले अनुशासन बचाएको उल्लेख गरे । खेल क्षेत्रमा अनुशासन कायम भएको उल्लेख गर्दै उनले खेलाडीले अग्रजहरुलाई सम्मान गरेको बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश कमिटीका सदस्य बालकृष्ण काउछामगर, नेपाल मार्सल आर्ट्स हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालिबहादुर घर्तीमगर, हाप्किडो संघ गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगर लगायतका वक्तहरुले बोलेका थिए ।

हाप्किडो संघको चौथो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा विजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया