जाेकाेभिच क्वाटर फाइनलमा

समाधान संवाददाता २०७७ असोज २० गते ७:३५
NOVAK DJOKOVIC (SRB) TENNIS - FRENCH OPEN - ROLAND GARROS - ATP - WTA - ITF - GRAND SLAM - CHAMPIONSHIPS - PARIS - FRANCE - 2020 © TENNIS PHOTO NETWORK

एजेन्सी

विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन ग्रान्डस्लाम टेनिसको क्वार्टरफाइनल पुगेका छन्।

जोकोभिचले सोमबार राती भएको खेलमा करेन खाचानोभलाई सोझो सेटमा हराए। पहिलो सेट ६-४ ले जितेका जोकोभिचले त्यसपछिका सेट समान ६-३,६-३ ले हात पारे।

Advertisement

फ्रेन्च ओपनको सर्वाधिक विजेता राफेल नाडाल र पछिल्लोपटक ग्रान्डस्लाम जितेका डोमिनिक थिएम पनि क्वार्टरफाइनल पुगिसकेका छन।

Advertisement

तपाईको प्रतिक्रिया