९ वर्षदेखि फरार पोखराका हेमप्रसाद पक्राउ
समाधान संवाददाता
२०७७ असोज २० गते १६:३९

समाधान संवाददाता, पोखरा
जिल्ला प्रहरी कार्यालय, कास्कीले १ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार पोखरा १६ अर्मलाका हेमप्रसाद गुरुङलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
४० वर्षीय गुरुङ वैदेशिक रोजगार ठगी केसमा ९ वर्षयता फरार थिए । २०६८ साउन ८ गते अदालतले उनलाई २ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।
उनीमाथि थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया