राप्रपाको केन्द्रीय समिति विस्तार

समाधान संवाददाता २०७७ असोज २५ गते १४:३८

रासस, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आज चार सय नयाँ केन्द्रीय सदस्य थप गरेको छ ।

राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७२७ सदस्य पु¥याएको छ ।

Advertisement

राप्रपाले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्रबमोजिम तीन अध्यक्षको सहमतिअनुसार केन्द्रीय कार्यसमिति विस्तार गरिएको जनाएको हो ।

‘असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने योजना छ, विज्ञप्तिमा भनिएको छ ।

Advertisement

एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्यसमिति विस्तार भएको हो ।

तपाईको प्रतिक्रिया