गण्डकीका सांसद शर्मा भन्छन् : घरेलु रक्सी खुला गर

समाधान संवाददाता २०७७ असोज २६ गते १०:१९

पाेखरा

गण्डकी प्रदेशका सांसद मणिभद्र शर्मा कँडेलले घरेलु रक्सीलाई करको दायरामा ल्याएर खुला रुपमा व्यापार गर्न पाउने व्यवस्था मिलाउन माग गरेका गरेका छन् ।

प्रदेश सभाको बैठकमा विशेष समय लिएर उनले विविधताले भरिएको नेपाली समाजको संस्कृतिसँग जोडिएको घरेलु रक्सीलाई गैरकानुनी भन्दै रोक लगाउन नहुने बताएका हुन् ।

Advertisement

उनले भने, ‘सहरमा विदेशबाट महंगा रक्सी झिकाएर सजाइएको छ । तर नेपालमा उत्पादन हुने घरेलु रक्सी बनाउनेलाई डण्डा लगाएर कुटिएको छ । जनजाति बाहुल्य भएको क्षेत्रमा सांस्कृतिक बाध्यता पनि छ । चाडपर्व र रितिरिवाज धान्नका लागि पनि घरेलु मदिरा आवश्यक छ ।’

विदेशी र नेपालीले नै महँगा रक्सी खुलमखुला बेच्न दिने तर गाउँले प्रविधिले बनाएका रक्सी उत्पादन र बेच्न नदिनु न्यायोचित नभएको उनको तर्क थियो ।

Advertisement

कानुन अनुसार करको दायरामा ल्याएर बिक्री वितरण गर्ने व्यवस्था मिलाउन उनले सभामुखमार्फ सरकारको ध्यानाकर्षण गराए ।

र याे पनि

कांग्रेस सांसद भन्छन्ः भाङ खेतीको प्रतिबन्ध हटाएर किसानको जीवनस्तर उकासाैं

तपाईको प्रतिक्रिया