काठमाडौं फ्रेस बेकरीको ‘प्रिमियम प्रोडक्ट’

समाधान संवाददाता २०७७ असोज २९ गते १४:२८

पोखरा

पोखराको विशाल बजारबाट व्यावसायिक यात्रा सुरु थालेको काठमाडौं फ्रेस बेकरीले प्रिमियम प्रोडक्ट बजारमा ल्याएको छ ।

२३ वर्षदेखि निरन्तर बेकरीकै उत्पादन र बजार व्यव्स्थापनमा लागेको कम्पनीले पोखराको महेन्द्रपुल, लेकसाइड र चितवनको सौराहामा शाखा विस्तार गरेको सञ्चालक रोशन मर्हजनले बताए ।

Advertisement

ग्राहकको माग र चाहना अनुसार बेकरीका प्रिमियम आइटम महेन्द्रपुलबाट नै उत्पादन गरिने उनले जानकारी दिए ।

बेकरीका पारखीहरुलाई अत्याधुनिक प्रविधिबाट उत्पादित स्वादिलो र स्वच्छ उत्पादन उपलब्ध् गराउन कम्पनि सदा प्रतिबद्ध रहेका उनले जनाएका छन् । महर्जनले भने, ‘हाम्रो उत्पादनलाई गुणस्तर तथा नया प्रविधिको माध्यमबाट नयाँ स्वादसहित बेकरीको पारखीमाँझ प्रिमियम प्रोडक्ट बजारमा ल्याउँदै छौं ।

Advertisement

महेन्द्रपुलमा सञ्चालित हुने बेकरीको आउटलेटका लागि करिब १ करोड रुपैयाँ लगानी भएको छ । उक्त आउटलेट बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म खुला हुनेछ ।

तपाईको प्रतिक्रिया