संक्रमितलाई लोकसेवा परीक्षामा सामेल गराउन सर्वोच्चको आदेश

समाधान संवाददाता २०७७ असोज २९ गते १८:१३

काठमाडौं ।

कोरोना संक्रमितलाई पनि परिक्षामा सामेल गराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

साथै सर्वोच्चले परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्डबाट परीक्षार्थीले आफू कोभिड–१९ संक्रमित भए नभएको स्वयं घोषणा गर्नुपर्ने बुँदालाई कार्यान्वयन नगराउन आदेश गरेको छ । मापदण्डको बुँदा नंम्बर ८ मा सो व्यवस्था गरिएको छ ।

Advertisement

त्यसविरुद्ध परेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो व्यवस्थाले संक्रमित व्यक्ति रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको अधारमा विभेद विरुद्धको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसमेत उल्लंघन हुने ठहर गरेको छ ।

आफू संक्रमित भएको स्वघोषणा गर्दा परिक्षामा सामेल हुन नपाउन सक्ने र अरुलाई संक्रमण फैलाउन सक्ने ठहर छ ।

Advertisement

तपाईको प्रतिक्रिया