३ लायन्स मिलेर स्कुललाई सहयोग

समाधान संवाददाता २०७७ कार्तिक ५ गते १२:१५

समाधान संवाददता, पोखरा

लायन्स क्लब इन्टरनेसनल ३२५ बि १ अन्र्तरगत पोखरा तालबाराही, पोखरा डल्फिन र पोखरा पेन्गुइनले गोरखाका २ विद्यालयमा स्वास्थ्य, खेलकुद तथा स्टेसनरी सामग्री वितरण गरेका छन् ।

कोरोना महामारीका कारण बालबालिकाको स्वास्थ्य र शिक्षामा परेको असर कम गर्न गोरखा नगरपालिका ३ नारेश्वरस्थित विन्ध्यवासिनी मावि र गोरखा ३ कै पडिनी चौतारास्थित जनदेवी आधारभूत विद्यालयमा सहयोग प्रदान गरिएको हो ।

Advertisement

कार्यक्रम संयोजक तथा रिजन चियरपर्सन तीलक तिवारीका अनुसार विद्यार्थीका लागि कोभिडबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामग्री थर्मलगन, सेनिटाइजर, माक्स र खेलकुदका सामग्री प्रदान गरिएको हो ।

यसैगरी सेनिटाइजर, माक्स, र स्टेसनरी पनि वितरण गरिएको छ । गोरखामा पुगेर क्लबले सहयोग गर्न पाउनु आफैमा गर्वको विषय रहेको जोन चियरपर्सन भीष्मराज पौडेलले बताए ।

Advertisement

क्लस्टर प्रमुख ऋषि गिरीले लायन्स क्लबको नेपाली इतिहासबारे स्पष्ट पार्दै दुःखमा लायन्सलाई सम्झन आग्रह गरे ।

विन्ध्यवासिनी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दलाल तिवारीले पोखराबाट आएर विद्यालयलाई सहयोग गरेकोमा ३ वटै लायन्स क्लबहरुलाई धन्यवाद दिए

गोरखा नागरपालिका वठा नम्बर ३ का अध्यक्ष रामबाबु बोगटीले नगरपालिका भित्र भएर पनि दुर्गमको जस्तो आभास भएको बताए ।

कार्यक्रमका सभापति एवं लायन्स क्लब अफ पोखरा तालबाराहीका अध्यक्ष नारायणप्रसाद पौडेल गोरखामा पुगेर सहयोग गर्ने मौका मिलेकोमा आफूहरुलाई खुसी लागेको बताए ।

कार्यक्रममा पेन्गुइनका अध्यक्ष शीतल श्रेष्ठ, डल्फिनका अध्यक्ष कृष्ण कुमारश्रेष्ठले बोलेका थिए ।

तपाईको प्रतिक्रिया