सेमीफाइनलमा पुग्ने हैदरावादकाे आशा जिवितै, राजस्थानकाे कमजाेर

एजेन्सी ।
१३ आैं आइपीएलमा निराशाजनक प्रदर्शन गरेकेा राजस्थान राेयलकाे अन्तिम ४ मा पर्ने सम्भावना कमजाेर भएकाे छ । उसले खेलेका ११ खेल मध्ये ७ मा पराजय बेहाेरेकाे छ भने ३ मा मात्र जितेकाे छ ।
राजस्थान र सनराइजर हैदरावादका लागि विहीबार राती भएकाे खेल जित्नै पर्ने थियाे । यसमा हैदरावादले बाजी मार्याे ।
सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
दुबईमा बिहीबार राति मनिस पाण्डे र विजय शंकर चम्किएपछि हैदराबादले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
हैदराबादको जितमा पाण्डे र शंकर अर्धशतकीय इनिङ्स खेले । पाण्डे ८३ रनमा अविजित रहदा शंकरले अविजित ५२ रन बनाए ।
पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे ।
यस्तै जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए ।
राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए । यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन जोडे ।
रोबिन उथप्पा १९ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चर १६ रनमा अविजि रहे ।
हैदराबादका जासन होल्डरले ३ विकेट लिए । विजय शंकर र राशिद खानले १/१ विकेट लिए ।
जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ ।
राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
यस्तै हैदराबादले राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा राजस्थानले हैदराबादलाई ५ विकेटले हराएको थियो ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया