रियलसँग बार्सा फेरि पनि पराजित

समाधान संवाददाता २०७७ कार्तिक ९ गते ८:३७

एजेन्सी

सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना पराजित भएको छ । बार्सिलोना घरेलु मैदानमै भ्रमण टोली रियल मड्रिडसँग ३-१ ले पराजित भएको हो ।

पाँचौँ मिनेटमा करिम बेन्जिमाको सहयोगमा फेदेरिको भेल्भार्देले गोल गरेर रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए ।

Advertisement

आठौँ मिनेटमा जोडी अल्बाको सहयोगमा आन्सु फातीले गोल गरेर बार्सिलोनालाई बराबरीमा ल्याए ।

दोस्रो हाफमा रियल मड्रिडले दुई गोल गर्न सफल भयो । ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो रामोस तथा ९० औँ मिनेटमा लुका मोड्रिकले गोल गरेपछि रियल मड्रिडले एल क्लासिकोमा महत्वपूर्ण जित दर्ता गरेको हो ।

Advertisement

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले हारका लागि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) लाई दोष देखाएका छन् ।

भिएआरको प्रयोग रामोसलाई पेनाल्टी प्रदान गर्नका लागि मात्रै भएको आरोप उनले लगाएका छन् ।

रामोसलाई पेनाल्टी प्रदान गर्नु अघि भिएआरको लामो प्रक्रिया भएको थियो । बार्सिलोनाका क्लेमेन्ट लेङ्गलेटले रामोसको जर्सी तानेको रेफ्री ख्वान मार्तिनेज मुनुएराले देखेनन् । तर पछि भिएआरबाट हेरेर उनले रामोसलाई पेनाल्टी दिएका हुन् ।

रियल मड्रिड सन् २०१२-१३ को सिजनपछि पहिलोपटक लगातार तीन एल क्लासिकोमा रियल मड्रिड अपराजित रहेको छ ।

तपाईको प्रतिक्रिया