यस्तो हुनुपर्छ प्रहरी संगठन

समाधान संवाददाता २०७७ कार्तिक १३ गते ७:४०

राजेन्द्र थापा

समाज जस्तो हुन्छ, शासन व्यवस्था त्यस्तै हुन्छ । शासन जस्तो हुन्छ, प्रशासन त्यस्तै हुन्छ । नेपाली समाजको ऐना हेर्नुपर्‍यो भने अहिलेको राजनीति र प्रशासन सयन्त्रलाई हेर्दा पुग्दछ । समाजमा सबै प्रकारका मान्छेहरू छन् । कोही अल्छी, कमजोर मनस्थिति, फटाहा, ठग छन् भने कोही मेहनती, इमानदार, लगनशील, कर्मशील, सिर्जनशील पनि छन् ।

यहि नै समाजको चक्र परिचक्रमा बसेर काम गर्नु परेको छ नेपाल प्रहरीले । नेपालको आन्तरिक सुरक्षाको महत्वपूर्ण जिम्मेवारी लिएको यो संगठनले काम गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा देश समाजसँग जोडिने गर्दछ । प्रहरी स्वम आफैमा व्यक्ति नभई सामाजिक चरित्र बोकेको हुन्छ । प्रहरीको कार्यशैली र व्यवहारले राज्यको काम कारबाहीलाई निर्धारण गर्दछ । आम जनताले सरकारको अनुहार चिन्ने गर्दछ सरकारको प्रतिनिधिको रुपमा । नेपाल प्रहरी राज्यको तल्लो तहसम्म जनताको बीचमा काम गरिरहेका हुन्छ ।

Advertisement


आर्थिक चलखेल रोक्नु र राजनीतिक दबाब प्रभाबलाई थामेर, आफ्नो सगंठनको हितको खातिर सत्तारुढ राजनीतिक दलका नेताहरुलाई कभिन्स गर्न सक्नु नै अहिलेको अवस्थामा ठूलो कुरा हो

इतिहासलाई हेर्न हो भने द्वन्द्वको समयमा होस् वा सशस्त्र सघर्षको समयमा होस् बाढिपहिरो भूकम्पजस्ता प्राकृतिक विपत्तिको समयमा नै किन नहोस् । सैन्य मोचा जस्तो जनताको घर दैलोमा सेवा सुविधा पुर्‍याउन जनतालाई राहत उद्दार तथा पुनस्र्थापना गर्न राज्य व्यवस्था सञ्चालनमा सरकारलाई सहयोग गर्नै बलिदानीपूर्ण काममा पनि नेपाल प्रहरीले खेलेको भूमिका कम आँकलन गर्न मिल्दैन ।

Advertisement

प्राकृतिक विपत्ति तथा रोगजन्य महामारी स्वयं मुलकनै मृत्युसँगै लडिरहेका समयमा जनतालाई सरकार भएको अनुमति दिने तथा राज्यको शाख जोगाउने काम नेपाल प्रहरीले गरिरहेको छ ।

प्रहरीको अवस्था के छ त?

२०४६ सालमा प्रजातन्त्रको आगमन पश्चात् परिवर्तित राजनीतिक अवस्थामा राजनीतिक दलहरूले प्रहरीलाई आफ्नो अनुकुलामा हिडाउनको लागि प्रहरी नेतृत्वलाई प्रहार गर्दै आए । नेतृत्वलाई राजनीतिक दलप्रति उत्तरदायित्व बनाउने वातावरण तयार गरे । तर त्यसमा राजनीतिक दलको मात्र गल्ती नभई हाम्रो संगठनका केही सदस्यहरुनै आफ्नो उन्नति प्रगति र फाइदाको लागि संगठनलाई ध्वस्त बनाउँदै राजनीति दलको मोहरा बन्न राजी भए ।

आफ्नो अनुकुल नियम ऐन ल्याउने र राजनीतिक प्रवाह दबाबबाट र स्रोत साधनको अभावका बाबजुद पनि आफ्नो पद सुरक्षित राख्न विशिष्ट तरिकाको चाकरी गर्न वाध्य छन् । निरन्तर रुपमा राजनीतिक दलको दबाब र गृहका कर्मचारीहरुको प्रभावको बीचमा प्रहरी प्रशासनले काम गर्नुपरेको छ ।

चाकडी र आत्मरतिमा रमाउने, सत्तारूढ दलसँग नजिक भई सुरासुन्दरी व्यवस्था गर्ने क्षमता र ल्याकत भएकाहरुलाई पलपलमा रमाइलो छ । तर प्रहरी सेवालाई त्यहि समयानुकुल बनाउन नसक्ने इमानदार कर्मचारीहरु डिप्रेसनको सिकार हुनुपरेको छ । पलायन हुने तथा आत्महत्याको बाटो रोज्नु परेको घटना हामी जोकोहीलाई नयाँ नोैलो कुरा होइन् ।

स्थापनाकालको ६५ वर्षको लामो इतिहासमा समेत नेपाल प्रहरीले संस्थागत मूल्य मान्यता र संस्कार परम्पराको जग बसाल्न सकेको छैन । आफू अनुकुल नीतिको परिभाषा गर्न मोैका पर्दा आफ्नो प्रतिस्पर्धीहरुलाई प्रहार गर्न सक्ने, राजनीतिक दल नेताहरुको ढोका चाहर्ने, कुरा लगाउने निश्चित क्षेत्रमा निश्चित समूहको मात्रै एकाधिकार अहिले नेपाल प्रहरीको पद्धति बनेको छ ।

आफ्नो मान्छेलाई जे जस्तो अवस्थामा आकर्षण ठाउँमा दिने तर आफूलाई मन नपरेकाहरुलाई तर उर्जाशील, लगनशील र ब्रेनको रुपमा अधिकृतहरूलाई कुनै पनि समयमा तेजोबोध गर्नै भएकोले सधै मोैन बसेका छन् । विगतको माओवादी आन्दोलन, मधेशवादी आन्दोलन, विभिन्न द्वन्द्वमा अनुभवले खारिएको र हाल विप्लव समूहसँग पनि रणनीतिक रुपमा पनि जिल्लामा रहँदाबस्दा पनि पराजित गर्न सफल भएकाहरु अहिले पछाडि पारिएका छन् ।

जो इमान्दार, सक्षम प्रहरी अधिकृतहरु जुन आफ्नो सस्कार निष्ठा र विश्वासको आधरमा चाकरीमा जाँदैनन् तर सधै कोठे बैठकमा रमाउने, फाइल च्यापेर, कृत्रिम हाँसो हास्दै हाकिमकहाँ गएर जी हजुर भन्दै पछाडि हिँड्ने व्यक्तिहरुको भनेको समयमा बढुवा र तक्मा पुरस्कार पाइरहेका हुन्छन् । यसले गर्दा धेरै प्रतिभाशाली प्रहरी अधिकृतहरुको मनोबल खस्किएको छ । आधार प्रमाण र कामको प्रकृतिलाई नहेरी कार्यसम्पादनमा तिनै कोठे बैठकमा रमाउनेहरुको नम्बर बढी हुन्छ ।

प्रहरी प्रधान कार्यलय नक्सालमा कस्ता मान्छे छन् त ?

निश्चित समूहभित्र रहेर गुट बनाउने, हाकिमलाई कुरा लगाएर गुमाराहमा राख्ने, आवश्यक पर्दा हाकिमले भने अनुसार लेख लेखिदिने, विशेषज्ञको उपमा दिँदै गुगल र नेटबाट शब्द भाषा चोरी बडो मिठासपूर्ण भाषण लेख्ने, विज्ञका रुपमा कहलिएका विज्ञताको हासिल गर्न सफल नभएका व्यक्तिहरु प्रधान कार्यालयमा छन् ।

दोस्रोमा भने व्यवसायी, ठेक्का पट्टामा सलग्न व्यापारी जो प्रहरी प्रधान कार्यलयमा बसेर नाफा घाटालाई आफ्नो डायरीमा लिपीबद्द गर्ने र सरुवा बढुवाका लागि भ्रष्ट ठेकेदारको शरणमा जाने र तेस्रोमा राजनीतिक दलसग नजिक सम्बन्ध भएका आफ्नो स्वार्थको लागि विकृति बिसंगति भित्र्याउने खालका कर्मचारी त्यहाँ छन् ।

प्रहरी संगठनमा काम गर्ने कर्मचारी कस्ता प्रकृतिका छन त ?

सधैं कामलाई पूजा गर्न आवश्यक पर्दा कार्यालय प्रमुखसँग पनि तर्क विर्तक राख्न सक्ने । कामप्रति लगनशीलता, आश पनि नभएको त्रास पनि नभएको, केबल सगठनको हितमा मात्र सोच्ने । काम गरे जस्तो गर्ने तर कामचोर प्रवृति । हाकिमको अगाडि पछाडि हिँड्ने र हाकिमको शुभजन्मदिन पनि खोजी खोजी हिँड्ने र जिम्मेवारी र चुनाैतीलाई वहन गर्न नखोज्ने ।

नेपाल प्रहरीका चुनोैती

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अब निकट भविष्यमा हुन लागेको बढुवा प्रक्रियामा जाँदा ज्येष्ठता कार्यक्षमतालाई आधार मान्दै अस्वस्थ दोैडधूप, साथी–साथीबीच विरोध असन्तुष्टि हिलो छ्याप छ्याप प्रवृत्तिलाई बढावा दिइनु हुँदैन । आफ्नो उन्नति प्रगतिका लागि कर्मचारी प्रशासनमा बसेर आफ्नो प्रतिस्पर्धीलाई उठ्नै नसक्ने गरी कार्यसम्पादनमा रेट्ने जुन गलत प्रवृत्ति छ त्यसलाई रोक्न सक्नुपर्दछ ।

राजनीनिक प्रभाव दबाबबाट मुक्त गरेर व्यावसायिक ढंगबाट प्रहरीलाई लान सकियो भने मात्र शैलेश थापालाई ठूलो सफलता मिल्ने छ । आफ्नो क्षणिक, फाइदा र स्वार्थका लागि दोैडिने भन्दा निष्ठावान क्षमतावान ज्येष्ठता, जसको कोही नभएर प्रशव वेदनामा छट्पटिएकाहरुलाई न्याय गर्न सक्नु भयो भने मात्र इतिहास बन्ने छ ।

होइन भने विगतका आइजी जस्तै सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली जस्तै बढुवा त दिन मन थियो तर कार्यसम्पादनमा नम्बर कम रहेछ भन्ने बनिबनाउ जवाफ दिन वाध्य हुनुपर्नेछ ।

आर्थिक चलखेल रोक्नु र राजनीतिक दबाब प्रभाबलाई थामेर, आफ्नो सगंठनको हितको खातिर सत्तारुढ राजनीतिक दलका नेताहरुलाई कभिन्स गर्न सक्नु नै अहिलेको अवस्थामा ठूलो कुरा हो ।

शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रपंक्तिमा खटिएका नेपाल प्रहरी कोरोना माहामारी जस्तो जोखिममा आफ्नो ज्यानको जोखिममा राखि घर परिवारलाई समेत टाढा राखेर जोखिम भत्ता दिइएको छैन । उनीहरुको मनोबल उकास्न स्वयं राज्य पक्ष्यलाई मतलब छैन । समग्र रुपमा गिर्दै गइरहेको प्रहरीको मनोबल उकास्न सबैभन्दा ठूलो चुनोैती छ ।

सुनाैलाे भविष्य निर्माणका खोजीमा नेपाल प्रहरीमा प्रवेश गरेका कलिला युवाहरु २/३ वर्षमा नै आफ्नो रोजीरोटिका लागि जागिरलाई तीलान्जली दिँदै स्वर्णिम अवसरहरुको खोजीमा अरबका तातो घाममा डढ्न वाध्य भएका छन् । युवाहरुको बर्हिगमन रोक्नका लागि हाल नेपाल प्रहरीलाई चुनोैती छ ।

जो स्वदेशमा बसेर प्रहरी सेवामा आफ्नो जीवन यापन गर्ने वैकल्पिक उपायका रुपमा अन्य व्यापार व्यवसाय गर्नै वाध्य छन् । राजस्व बढाउने कार्यमा आफ्नो ज्यान जोखिममा राखेर काम गर्दा मृत्युवरण गर्न पुगेका असहाय प्रहरीप्रति न नेतृत्व तह बोल्छ नत राजनीतिक दलका नेता या त मानवअधिकारवादी कस्तो विडम्बना हो ?

वस्तुनिष्ठ प्रमाणका आधरमा सम्पूर्ण शक्ति लगाएर अनुसन्धान गरेर प्रस्तावित रायसहित सरकारी वकिलसमक्ष पठाउँदा तर न्यायाधीशले आधार प्रमाण विधि पद्धतिभन्दा पनि न्याय दिने बेलामा थोरै झ्यालको पर्दाबाट चियाएर भीडको मनोविज्ञान अध्ययन गरेर न्याय दिने प्रचलन बढेको छ ।

यस्ता विकृति विसगंति बिरुद्धका लड्ने सामथ्र्य नेपाल प्रहरीमा छैन । त्यसैले राम्रा अनुसन्धान अधिकृत राम्रो नियत राखेर काम गर्दा कहिले थुनामा, निलम्बन हो कि यात जागिरै जाने होकि भनेर सकेसम्म अनुसन्धानमा हात हाल्न चाहादैनन । भीड हुलबाट अनुसन्धानको पाटोलाई मुक्त गरी वस्तुनिष्ठ रुपमा अनुसन्धान गर्नै हालको अवस्थामा चुनोैती छ नै ।

अब के गर्नुपर्दछ नेपाल प्रहरीले ?
शान्ति सुरक्षा कायम गर्ने अपराध अनुसन्धान तथा नियन्त्रण, कोरोना सक्रमण नियन्त्रण व्यवस्थापन, फरार अपराधीहरुको खोजी, नदीजन्य पर्दाथको दोहनमा नियन्त्रण, सिमा क्षेत्रमा राजस्व चुहाबट रोक्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने लगायतका प्रहरीका दीर्घकालीन योजना निर्माण गर्न सक्नुपर्दछ ।

प्रहरी जनताको आवश्यकता हो । लोकतान्त्रिक प्रणालीमा जनता भनेकै राज्य हो । राज्यलाई आवश्यक पर्ने, अत्यावश्यक सेवा तोकिए बमोजिम, तोकिएको ढाँचामा उपलब्ध गरसउने प्रयास र पहल गर्नु प्रहरी नेतृत्वको जिम्मेवारी हो ।

प्रहरीमाथि आक्रमण हुने यी घटनाहरु ले के देखाउँछ भने प्रहरीले जब गलत पद्धतिका बिरुद्द कडा कदम चाल्छ । गलत क्रियाकलापमा संलग्नहरुलाई निषेध गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण हुन्छ । आक्रमण गर्ने समूहमाथि निर्मम प्रहार गर्न सक्नु पर्दछ । राज्यको शासन पद्धति र व्यवस्थाप्रति ध्यानमा राख्दै आफ्नो कार्यशैलीमा परिवर्तन गर्नुपर्दछ । कार्यशैली परिवर्तन भन्नाले जे जस्तोसुकै अवस्थामा पूर्ण तयारी अवस्थामा बस्नु पर्दछ ।
प्रहरीले काम कारबाहीको सिलसिलामा लाठीचार्ज, तस्कर नियन्त्रण, गलत कामका विरुद्द कामकारबाही गर्ने, विदेशी एनजिओ आइएनजिओमा कार्यरत केही दलालहरु प्रहरीबिरुद्ध नारा लगाउने कुतत्वहरुलाई सामाजिक रुपबाटै बहिष्कार गर्ने रणनीति ल्याउनु सक्नुपर्दछ नेपाल प्रहरीले । सरुवा बढुवा प्रक्रियालाई पारदर्शी गर्नुपर्दछ ।

जस्तोसुकै अवस्थामा पूर्ण तयारी अवस्थामा बस्नु पर्दछ ।
प्रहरीले काम कारबाहीको सिलसिलामा लाठीचार्ज, तस्कर नियन्त्रण, गलत कामका विरुद्द कामकारबाही गर्ने, विदेशी एनजिओ आइएनजिओमा कार्यरत केही दलालहरु प्रहरीबिरुद्ध नारा लगाउने कुतत्वहरुलाई सामाजिक रुपबाटै बहिष्कार गर्ने रणनीति ल्याउनु सक्नुपर्दछ नेपाल प्रहरीले । सरुवा बढुवा प्रक्रियालाई पारदर्शी गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया