व्यासमा मङ्सिर ३ गतेदेखि कक्षा सञ्चालन

समाधान संवाददाता २०७७ कार्तिक १५ गते १५:२६

रासस, तनहुँ

तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् ।

नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको व्यासनगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

Advertisement

बैठकले मङ्सिर २ गतेसम्म भने वैकल्पिक विधिमार्फत मात्रै पढाइ सञ्चालन गर्न दिइने निर्णय गरेको छ ।

कोभिड–१९ को प्रभाव र विद्यालय सञ्चालन सम्बन्धमा समीक्षा गरी सो निर्णय भएको व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा कार्यक्रम अधिकृत सन्तोष गोदारले जानकारी दिए ।

Advertisement

हाल मौसमी परिवर्तनका कारणले समुदायमा रुघाखोकीको प्रकोप देखिएको र विद्यामान मौसमी सङ्क्रमणको कारणले कोभिड–१९ विस्तारित हुनसक्ने विज्ञहरुको राय रहेकाले सो निर्णय गरिएको उनले बताए।

अभिभावकहरुलाई आ–आफ्नो बालबालिकालाई विद्यालयमा पठाउँदा स्वास्थ्य संवेदनशीतालाई धयानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

त्यसैगरी कक्षा ११ सञ्चालन भएका विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

बैठकमा उपप्रमुख, शिक्षा समितिका सदस्य, सामुदायिक तथा निजी विद्यालयका पेशागत एवं सङ्गठनका प्रतिनिधि, स्थानीय विद्यालय, कलेजका प्रतिनिधिको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया