दिल्लीपछि आरसीबी पराजित, आईपीएलका ६ टिमकाे भाग्य फैसला अन्तिम खेलबाट

समाधान संवाददाता २०७७ कार्तिक १६ गते ७:५८

एजेन्सी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष दाेश्राे स्थानमा रहेकाे राेयल च्यालेन्जर बैंग्लाेर पनि पराजित भएकाे छ । शनिबार नै दिल्ली क्यापिटल पराजित भएकाे थियाे ।

१४ अंकसहित शीर्ष तहकाे दाेश्राे र तेश्राे स्थानमा रहेका दुवै टिम लज्जाजनक ढंगले पराजित भएपछि आईपीएलकाे प्लेअफमा काे काे पुग्ने भन्ने टुङ्गाे लिग चरणकाे अन्तिम अर्थात १४ अौ खेलबाट मात्र लाग्ने भएकाे छ ।

Advertisement

अन्तिम ४ काे दाैड मुम्बई ईण्डियनले पार गरिसकेकाे छ । मुम्बई १८ अंकसहित शीर्ष स्थानमा रहेकेा छ र याे लिग चरणकाे पहिलाे नम्बरमा रहने निश्चित भएकाे छ ।

याे प्रतियाेगिताबाट चेन्नई बाहिरिएकाे छ । बाँकी ६ टिमकाे प्लेअफमा पुग्ने सम्भावना र पहिलाे चरणबाट बाहिरिने सम्भावना दुवै कायम छ ।

Advertisement

अ‌ंक तालिकामा राेयल च्यालेन्जर र दिल्ली १४ अंक सहित दाेश्राे र तेश्राे स्थानमा छन् तर दुवैकाे रनरेट माइनसमा झरेकाे छ । सनराइजर हैदरावाद, किङ इलेवेन पञ्जाव, राजस्थान राेयल र काेलकता नाइट राइडर १२ अंकका साथ प्लेअफमा पुग्ने आशामा बसेका छन् ।

प्लेअफमा दिल्ली र बेङ्गलाेर मध्ये १ पुग्ने निश्चित छ । यी साेमबार यी २ टिमबीच भिडन्त छ । जाे जित्छ उ शीर्ष स्थानकाे दाेश्राे टिम बन्नेछ भने अर्काे टिम प्रतियाेगिताबाटै बाहिरिने खतरा रहनेछ ।

साेमबार नै सनराइजर हैदरावाद र शीर्ष स्थानकाे मुम्बईबीच खेल हुनेछ । याे खेल जित्याे भने सनराइजर प्लेअफमा पुग्नेछ । उसकाे रनरेट राम्राे छ । रनरेटकै कारण उसलाई प्लेअफमा पुग्नबाट राेक्न अन्य टिमलाई कठिन छ । यदी मुम्बई विजयी भए उसकाे यात्रा यही टुङ्गिनेछ ।

आइतबार अर्थात आजका खेल पनि राेमाञ्चक छन् । आजकाे पहिलाे खेल चेन्नई र पञ्जावबीच छ । प्लेअफमा पुग्नका लागि पञ्जावले चेन्नईलाई पराजित गर्नु पर्नेछ अन्यथा यसकाे यात्रा पनि यही टुङ्गिनेछ । चेन्नईलाई राम्राे अन्तरले पराजित गरेमा पञ्जाव पनि प्ले अफमा पुग्न सक्नेछ ।

अर्काे राेमाञ्जक खेल छैठाैं र साताैं नम्बरमा रहेका राजस्थान राेयल र काेलकाता नाइट राइडरबीच पनि आजै राती हुँदैछ । यी मध्ये जाे जित्छ उ प्लेअफमा पुग्न सक्नेछ भने पराजित हुनेकाे यात्रा यही समाप्त हुनेछ ।

याे खेल जित्दैमा पनि यसकाे प्लेअफ यात्रा सुरक्षित हुनेछैन । कमजाेर रनरेटका कारण यसकाे विजेतालाई प्लेअफमा पुग्नका लागि राजस्थानलाई मुम्बईले, पञ्जावलाई चेन्नईले पराजित गर्नु पर्नेछ । सम्भावना जे पनि छ, सबै अर्थात छ टिमकाे इन वा आउट हुने ।

शनिबार राती सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको थियाे ।

बैंग्लोरले दिएको १२१ रनको लक्ष्य हैदरावादले ३५ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो । हैदरावादका लागि ऋद्धिमान साहले ३९ र मनिष पाण्डेले २६ रन बनाए । छक्का प्रहार गर्दै हैदरावादलाई जित दिलाउने जेसन होल्डर १० बलमा २६ रन बनाउँदै नटआउट रहे ।

बलिङतर्फ युजवेन्द्र चहलले १९ रन दिएर २ विकेट लिए ।

युएईमा जारी आईपीएलको १३ औं संस्करणमा हैदरावादको यो छैटौं जित र बैंग्लोरको छैटौं हार हो ।

यसअघि शारजहाँ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२० रन बनाएको थियो । ओपनर जोश फिलिपले सर्वाधिक ३२ रन बनाए । एबी डिभिलियर्सले २४ र वाशिङ्टन सुन्दरले २१ रन बनाए । कप्तान विराट कोहलीले ७ रन मात्रै बनाउन सके ।

हैदरावादका लागि सन्दिप शर्मा र जेसन होल्डरले २–२ विकेट लिए । चार ओभर बलिङ गर्दा २० रन खर्चिएर २ विकेट लिएका शर्मा म्यान अफ द म्याच भए ।

तपाईको प्रतिक्रिया