प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अदालतमा अवहेलना मुद्धा

समाधान संवाददाता २०७७ कार्तिक १६ गते १७:१९

समाधान संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध न्यायालयको फैसला अवज्ञा गरेको आरोपमा सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता भएको छ ।

अदालतले संक्रमणको शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी गरेको फैसला उल्लंघन गरेको भन्दै निवेदन दर्ता गरिएको हो ।

Advertisement

अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अदालतको अवेहलनाको निवेदन दर्ता गरेका छन् ।

सर्वोच्चको फैसला विपरीत उपचारमा शुल्क लिने सरकारको निर्णय सरासर सर्वोच्च अदालतको फैसलाको उल्लंघन र अनादर भएको उनीहरुको ठहर छ ।

Advertisement

तपाईको प्रतिक्रिया