हाम्रो सहयोगीको साधारण सभा

समाधान संवाददाता २०७७ कार्तिक २२ गते २१:२२

समाधान संवाददाता, पोखरा

हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष शुक्रराज कंडेलको सभापतित्वमा तथा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीको आतिथ्यतामा शुक्रबार कार्यक्रम भएको हो ।

Advertisement

कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले कोरोना महामारी फैलिरहेकाले हिंड्डुल गर्दा सतर्क हुन आग्रह गरे । संस्थाका अध्यक्ष कंडेलले पनि तिहार र छठमा अझ भीड हुने भएकाले सतर्क हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विभाग सदस्य राधिका शाही, संस्थाका संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, लेखा समिति सदस्य रामचन्द्र पोख्रेल, सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, विभिन्न उपसमिति संयोजक एवं सदस्यहरू, सेयर सदस्यहरुको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रमको सञ्चालन सहकारीका सहसचिव कृष्णप्रसाद तिमिल्सनाले गरेका थिए ।

तपाईको प्रतिक्रिया