हैदराबादलाई हराउँदै दिल्ली आइपिएल फाइनलमा

समाधान संवाददाता २०७७ कार्तिक २४ गते ७:३६

पाेखरा

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत दोस्रो क्वालिफायर खेलमा जित निकाल्दै दिल्ली क्यापिटल फाइनलमा प्रवेश गरेको छ।

अब उसले पहिलो क्वालिफायरबाट फाइनल पुगेको मुम्बई इन्डियन्ससँग उपाधिका लागि भिड्नेछ। दिल्ली क्यापिटल आइपिएल फाइनलमा पहिलोपटक पुगेको हो।

Advertisement

टस जितेर ब्याटिङ रोजेको दिल्लीले पूरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १८९ रन बनाएको हो। १९० रनको लक्ष्यका साथ मैदान छिरेको सनराइजर्स हैदराबाद पूरा ओभर खेल्दै आठ विकेटको क्षतिमा १७२ रनमा समेटियो।

आक्रामक ओपनिङ गरेको दिल्लीका मार्कस स्टोइनिस र शिखर धवनले ८६ रनको साझेदारी गरे। जहाँ ३८ रन बनाएका स्टोेइनिसलाई रासिद खानले ८।२ ओभरमा पेबेलियन फर्काएका थिए।

Advertisement

त्यस्तै धवनले ५० बलमा सर्वाधिक ७८ रनको अर्धसतकीय इनिङ खेले। उनले २ छक्का र ६ चौका प्रहार गरे। कप्तान श्रेयस अयरले २१ रनको योगदान दिए भने शिमरन हेट्मायरले अविजित ४२ रन बनाए।

बलिङको निम्तो पाएको हैदराबादका रशिद खान, सन्दीप शर्मा र जेसन होल्डरले समान १–१ विकेट लिए।

जावाफी ब्याटिङमा आएको हैदराबादका कप्तान डेबिड बार्नर २ रनमै आउट भएपछि दबाबमा आएको हैदराबादका प्रियम गर्गले १७ रन बनाए।

केन विलियम्सनले सर्वाधिक ६७ रन जोडेको इनिङमा अब्दूल सहमदले ३३ रन जोडे भने राशिद खान र जेसन होल्डरले समान ११ रन बनाए।

मनिष पाण्डे २१ रनमै आउट भए। दिल्लीका बलर कागिसो रबाडाले चार विकेट गिराए भने मार्कस स्टोइनिसले तीन र अक्षर पटेलले एक विकेट लिए।

अब, फाइनल खेल नेभेम्बर १० मा हुनेछ।

प्लेइङ इलेवेन

दिल्लीः शिखर धवन, अजिंक्य रहाणे, श्रेयस अयर, मार्कस स्टोइनिस, ऋषभ पन्त, सिमरन हेट्मायर, अक्षर पटेल, रविचन्द्र अश्विन, कागिसो रबाडा, एनरिच नोर्किया

हैदराबादः डेबिड बार्नर, श्रीभाट्स गोस्वामी, मनिष पाण्डे, केन विलियम्सन, प्रियम गर्ग, जेसन होल्डर, अब्दुल समद, राशिद खान, एस नदिम, सन्दिप शर्मा, टी नटराजन

तपाईको प्रतिक्रिया