नेकपा सचिवालय बैठक भोलि अपराह्न ४ बजे

काठमाडौं
लामो रस्साकस्सीपछि अन्ततः प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक डाकेका छन्।
महासचिव विष्णु पौडेलमार्फत सचिवालय बैठक बस्ने समय तय भएको हो। शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको छ।
यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालसहित पाँच जना सचिवालय सदस्यहरूले ४८ घण्टाभित्र सचिवालय बैठक डाक्न अल्टिमेटम दिएका थिए। तर, ओली जतिखेर भन्याे उतिखेर बैठक बस्न नसकिने भन्दै पन्छिँदै आएका थिए।
४८ घण्टे अल्टिमेटम सकिएपछि पनि २७ गतेसम्म कुर्ने नभए अर्का अध्यक्ष दाहालले बैठक डाक्ने गरी बहुमत सदस्यले तयारी गरेका थिए। बहुमत सचिवालय सदस्यहरू बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने पक्षमा थिए।
आफू अप्ठेरोमा पर्ने देखेपछि ओलीले महासचिव पौडेलमार्फत शुक्रबारका लागि सचिवालय बैठक डाकेका हुन्।
दाहालसहित नेता आज पनि सचिवालय सदस्यहरूसँग छलफल गर्ने बताइरहेका बेला प्रधानमन्त्रीले नै सचिवालय बैठक तय गरेका छन्।
केही समयअगाडि बसेको नेकपा स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएपछि नेकपामा सचिवालय बैठक बोलाउनुपर्ने माग लामो समयदेखि उठेको हो।
बैठककै विषयमा पछिल्लो १० दिनयता नेकपामा विवाद चर्किएको थियो । बैठक बस्न आग्रह गर्दा ओलीले बरु अलग भएर जाउँ भनी प्रस्ताव गरेको दाहालले अन्य नेतालाई बिफ्रिङ गरेका थिए।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया