घरमै आउँछ रुचि अनुसारको पक्वान

समाधान संवाददाता २०७७ कार्तिक २७ गते १७:४८

समाधान संवाददाता
पोखरा

अनलाइन अर्डरका भरमा अब पोखरामा घरघरमा खाना डेलिभरी हुनेभएका छ । बिहीबार औपचारिक रुपमा सुरु भएको पोखरा फुड डेलिभरीले उपभोक्ताले चाहेजस्तो खाना अर्डर लिएर खरमै पु¥याउने भएको हो ।

पोखरा १५ नयाँगाउँस्थित हिमालयन लाइफ नेपालमा आश्रित ५३ बालबालिकालाई खाना वितरण गरेर संस्थाले कार्य प्रारम्भ गरेको छ । कार्यक्रममा पोखरा फुड डेलिभरीका सञ्चालक प्रसिद्ध पालिखेले सुलभ दरमा गुणस्तरी खाना उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

Advertisement

अर्का सञ्चालक कृति श्रेष्ठले पोखरेली उपभोक्ताले यो सेवाका भरपुर उपभोग गर्न आग्रह गरिने ।

हिमालयन लाइफ नेपालका सञ्चालक चनमन श्रीमलले बालबालिकालाई खुवाएकोमा धन्यवाद दिए । पोखरा फुड डेलिभरीमा पोखराका १ सयभन्दा बढी रेस्टुरेन्ट सूचीबद्ध छन् ।

Advertisement

यो अनलाइन प्लेटफर्ममार्फत् ग्राहकहरुले आफूलाई मनपर्ने रेस्टुरेन्टबाट मनपर्ने खाना आफ्नो मोबाइल एपबाट वा पोखरा फुड डेलिभरीको वेबसाइटबाट अनलाइन अर्डर गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया