जसले मलाई उद्यमी बन्न प्रेरित गरे

समाधान संवाददाता २०७७ कार्तिक २९ गते १३:००

गणेशबहादुर श्रेष्ठ

अग्रणी उद्योगपति सूर्यबहादुर केसीले नेपालमा नै पहिलो पटक पोखरामा चाउचाउ उद्योग स्थापना गर्नुभयो । पोखरा औद्योगिक क्षेत्रमा खुलेका गण्डकी नुडल्स खाद्यतर्फकै पहिलो उद्योग हो ।

यो पनि – हाम्रा बाको सपना

Advertisement

केसी लगायतको टिमले जापानबाट मेसिन ल्याएर चाउचाउ उद्योग खोलेपछि त्यसक्षेत्रमा लाग्ने जोकोहीलाई प्रेरणा मिल्यो । उहाँको टिमको सक्रियताले हामी पनि हौसियौं । हामीले पनि मेसिन ल्याएर खाद्य उद्योगतर्फको कन्फेक्सनरी खोल्ने निर्णय ग¥यौ ।

केसीको टिमले चाउचाउ उत्पादन थालेपछि हेमबहादुर प्रधानले बिस्कुट उद्योग खोल्नु भयो । त्यसको लगत्तै हामीले चकलेट उद्योग खोलेको हो ।

Advertisement

यो पनि – कालको पदमा परेर फर्केका सूर्य

पोखरा औद्योगिक क्षेत्रमा नुडल्स पहिलो, बिस्कुट दोस्रो र चकलेट तेस्रो उद्योग हो । सुरुआतमा औद्योगिक क्षेत्रको संरचना व्यवस्थित थिएन । उद्योगपति केसीले मलाई हौसला दिएर उद्योग खोल्न प्रेरित गर्नुभयो ।

उद्योग कता खोल्ने त भनेर भौंतारिएका बेला गण्डकीका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले औंद्योगिक क्षेत्रमै जान सुझाउनुभएको हो मलार्इ । म पनि सानो उद्योग लिएर पोखरा औद्योगिक क्षेत्रमा छिरें ।

मैले उद्योगपति केसीलाई चिनेको २०३२÷०३३ तिर हो । केसी पोखरामा औद्योगिक जागरण ल्याउने पहिलो व्यक्ति हुनुहुन्छ । उद्योगका विकास र प्रर्वद्धन गर्ने पहिलो व्यक्ति हो उहाँ ।

पोखरामा उद्योग कलकारखानाको विकासमा केसीको ठूलो योगदान छ । उहाँको सक्रियता र अथक प्रयासले पोखराको औद्योगिक विकासमा सहयोग पुग्यो । हामीजस्ता नवप्रवेशीलाई उद्योगपतिलाई पनि हौसला र प्रोत्साहन मिल्यो । उद्योग क्षेत्रमा लाग्ने जोकोही उत्साहित भयौं ।

केसीको लगाव तथा क्रियाशीलतालाई देखेर पोखराका धेरै व्यक्ति उद्योग क्षेत्रमा लागेका हुन् । राम्रो कामको देखासिखी गर्नु, रिस नगर्नु भन्ने भनाइलाई हामीले आत्मसात ग-यौं ।

यो पनि –अनि खुल्यो सार्कको पहिलो चाउचाउ उद्योग

मैले जाने बुझे अनुसार केसी आफू त उद्योगमा लाग्नुभयो, अरुलाई पनि उद्योगपति बन्न हौस्याउनुभयो । हामी २ जनाको उद्योग खाद्य अन्तर्गतकै भए पनि प्रकृति फरक थियो । एउटै प्रकृतिको नभएपछि आपसमा प्रतिस्पर्धा हुने कुरै भएन ।

उद्योगपति केसी समग्र उद्योग क्षेत्रको विकास र प्रवद्र्धनमा लागेको व्यक्ति हो । केसीमा एक्लै हिड्न खोज्ने भन्दा पनि सबै उद्योग व्यवसायीलाई सामूहिक ढंगले हिँडाउन सक्ने क्षमता थियो ।

उहाँले सबै उद्योगी व्यवसायीसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्नुभएको थियो । एक आपसको समन्वय र सहकार्यले केसी पनि सफल हुनु भयो, हामी पनि सफल भयौं ।

आफैंमा सफल र सक्षम उद्योगपति केसीको खाद्य उद्योग जलविद्युत, निर्माण, शिक्षा, बैंक तथा वित्तीय क्षेत्रको विकासमा योगदान छ ।

यो पनि –बहुदलका पक्षमा पोखरा पञ्चायतको त्यो निर्णय

उद्योगपति केसीको सामाजिक, धार्मिक र खेलकुद क्षेत्रमा समेत त्यत्तिकै योगदान भएको मैले पाएको छु । उद्योगको क्षेत्रमा काम गर्ने क्रममा बैंकिङ क्षेत्रमा केसीसँग सहकार्य गर्ने अवसर मिल्यो ।

केसीले हामीलाई मिलेर गरौं, निजी क्षेत्रको बैंक खोलौं भन्नुभयो । पहिला धौलागिरी बैंक खोल्ने चर्चा परिचर्चा भएपनि पछि नाम माछापुच्छ«े बैंक राखियो । म पनि संस्थापकको रुपमा निजी क्षेत्रको पहिलो माछापुच्छे« बैंकमा सामेल भएको थिएँ ।

केसीको राजनीतिक क्षेत्रमा पनि योगदान छ । पञ्चायत कालमा राजनीतिमा लाग्ने व्यक्ति कम थिए । थोरै मान्छे राजनीतिमा लाग्ने त्यति बेलाको समयमा केसीले उद्योग व्यवसायको अलवा राजनीतिलाई पनि सफल ढंगले अगाडि बढाउनुभयो ।

२ पटकसम्म पोखराको प्रधानपञ्च हुँदा नगरलाई राम्रोसँग हाक्नु भयो । समग्र पोखराको विकासलाई केसीले अगुवाई गर्नुभयो । पोखराको भौतिक विकास राम्रो ढंगले भयो ।

उद्योगपति केसीको धार्मिक क्षेत्रमा पनि लगाव थियो । उहाँले पोखराका मठ मन्दिरहरुको निर्माण र विकासमा सहयोग गर्नु भएको छ ।

२०४२ सालमा केसी प्रधानपञ्च हँुदा विन्ध्यवासिनी मन्दिरका लागि ५१ हजार बीउ पुँजी प्रदान गर्नु भएको थियो । त्यो रकमले ज्ञान मन्दिर बनाइयो । त्यसले मन्दिरको संरचना निर्माण गर्नजगको काम ग¥यो । अहिले मन्दिरको सुविधा सम्पन्न संरचना छ । मन्दिर अहिलेको अवस्थामा आउन केसीको योगदान छ ।

यो पनि 

सज्जन थिए सूर्यबहादुर

सार्प माइन्डेड सूर्य

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको अध्यक्षको हिसाबले कुरा गर्दा पछिल्लो समयमा केसीको मन्दिरप्रति सहयोग र सद्भाव थियो । हरेक महिनाको एक पटक परिवारसँग मन्दिरमा पूजाआजा गर्न आउनु हुन्थ्यो । मन्दिरको मुहार फेर्न केसी गरेको योगदानलाई समितिले कहिल्यै बिर्सन सक्दैन ।

उहाँजस्तो सफल उद्योगी व्यवसायी पोखराका लागि धेरै आवश्यकता थियो । केसी पोखरा, गण्डकी प्रदेशमात्र सीमित नभएर समग्र राष्ट्रले गौरव गर्ने व्यक्ति हो ।

उद्योगपति केसी र हाम्रो परिवारबीच आत्मीय सम्बन्ध थियो । उहाँको निधनले उद्योग व्यवसायको क्षेत्रले ठूलो क्षति पुगेको छ । उद्योगपति केसीप्रति श्रद्धाञ्जली !

यो पनि 

अवसरलाई फुत्कन नदिने सीताराम

अलबिदा बालसखा सूर्य

जहाजबाट ल्याएको मोटरसाइकल

तपाईको प्रतिक्रिया