आवश्यकताका आधारमा विकासः मन्त्री अर्याल

समाधान संवाददाता २०७७ मंसिर १६ गते ९:३५

समाधान संवाददाता, स्याङ्जा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विकास आवश्यकताका आधारमा हुने बताएकी छन् ।

गल्याङ १ मालुङ्गामा अस्पतालको सोमबार शिलान्यास गर्दै मन्त्री अर्यालले पहुँचका आधारमा विकास हुन नसक्ने विचार राखिन् ।

Advertisement

पहुँचको आधारमा निवेदन चढाएको आधारमा विकास नहुने बताउँदै मन्त्री अर्यालले जहाँ आवश्यकता छ त्यहाँ विकास हुने विश्वास व्यक्त गरिन् ।

वतर्मान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको बताउँदै मन्त्री अर्यालले विगत भन्दा अहिलेको सरकार विकासको गतिमा अगाडि बढेको सुनाइन् ।

Advertisement

विकासको वर्गीकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने उनको भनाइ थियो ।

सोमबार स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले स्वास्थ्य क्षेत्रमा क्रान्तिको सुरुआत सरकारले गरेको उद्घोष गरिन् ।

‘भौतिक संरचनासँगै दक्ष जनशक्ति र आधुनिक सुविधा सम्पन्न उपकरणको समेत व्यवस्थापन हुन्छ,’ उनले भनिन्,‘स्वास्थ्य हरेक नागरिकको सहज पहुँचमा पुग्नेछ ।’

जनप्रनिधि जनताको सेवक भएको बताउँदै मन्त्री अर्यालले मन्त्री, सासंद, मेयर, वडा अध्यक्ष लगायतका सबै जनप्रतिनिधि जनताले नै चुनेर पठाएको सुनाइन् ।

मन्त्री अर्यालले सोमबारै वालिङ र भिरकोटमा समेत अस्पतालको शिलान्यास गरेकी हुन् ।

सोमबारै हरिनाश गाउँपालिका समेत अस्पतालको संघीय सांसद नारायणप्रसाद मरासिनीले शिलान्यास गरे ।

तपाईको प्रतिक्रिया