मुक्तिनाथ बैंकको केन्द्रीय भवन शिलान्यास

समाधान संवाददाता २०७७ मंसिर १६ गते १०:०८

समाधान संवाददाता, पोखरा

मुक्तिनाथ विकास बैंकले आफ्नो जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको शिलन्यास गरेको छ ।

बैंकले महानगरपालिका वडा नं. ३, लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयको लागि नयाँ भवन निर्माण गर्न लागेको हो ।

Advertisement

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले निर्माण गरिने भवनको भूमिपूजा तथा शिलान्यास गरेका हुन् ।

विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने जनाएको छ ।

Advertisement

कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहकहरु र कर्मचारीहरु उपस्थित थियो ।

विकास बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणाली प्रोत्साहन गर्न सुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाताखोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्माआदिजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल बैंकको १३८ वटा शाखा छन् ।

तपाईको प्रतिक्रिया