सुनको मूल्य २ सय रुपैयाँ घट्यो

समाधान संवाददाता २०७७ मंसिर २१ गते १२:४१

काठमाडौं

साताको पहिलो दिन सुनको मूल्य २ सय रुपैयाँ घटेको छ।

आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

चाँदीको मूल्य भने स्थिर देखिएको छ।

शुक्रबार १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि पनि १२ सय १० रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया