पोउवा संघको महाधिवेशन पुस अन्तिम साता

समाधान संवाददाता २०७७ मंसिर २२ गते ७:३६

समाधान संवाददाता, पोखरा

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन पुस २४ र २५ गते हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

संघका महासचिव अर्जुन पोखरेलका अनुसार यो महाधिवेशनले आउँदो २ वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

Advertisement

महासचिव पोखरेलका अनुसार महाधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम पुस २५ गते हुनेछ । जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय माध्यमबाट साधारण सभा र स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गर्दै सम्भव भएसम्म अलग–अलग ठाउँमा मतदान कार्यक्रम गर्न स्वीकृति दिएलगत्तै यो निर्णय भएको हो ।

साधारणसभा विद्युतीय माध्यमबाटै गरिने छ भने जिल्ला प्रशासनको स्वीकृति अनुसार संघको अधिवेशनअन्तर्गतको चुनावी कार्यक्रम पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रसहितका स्थानमा गरिने अन्तिम टुंगो लागेको छ ।

Advertisement

मतदान केन्द्रमा कोभिड–१९ बाट बच्नको लागि सम्पूर्ण सुरक्षा सावधानी अपनाइने छ ।

संघको आसन्न अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिवसहित पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार १० जना साधारण सदस्यका तर्फबाट, ४ जना बस्तुगत,२ जना एसोसियट र १ जनाले औद्योगिक सदस्यका तर्फबाट संघको कार्यसमितिमा प्रतिनिधित्व गर्नेछन् ।

निर्वाचनको कार्यक्रम निर्वाचन समितिले तय गरेलगत्तै सार्वजनिक गर्ने पनि संघका महासचिव पोखरेलले जनाए ।

तपाईको प्रतिक्रिया