पोखरामा भोलिदेखि पार्किङ शुल्क लाग्ने

समाधान संवाददाता २०७७ मंसिर २७ गते ९:००

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिकामा सशुल्क पार्किङ चालु हुने भएको छ । २ वर्षसम्म रोकिएको सशुल्क पार्किङ आइतबारदेखि पुन: सुरु हुने भएको हो ।

सशुल्क पार्किङ व्यवस्थापनको काम फेवा सावित्री जेभीले पाएको छ । पोखरा महानगरपालिकाले फेवा सावित्रीसँग ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । महानगरले मंसिर १४ मा फेवा सावित्रीसँग गरेको सम्झौता २०७९ मंसिर २७ गतेसम्म रहनेछ ।

Advertisement

फेवा सावित्री जेभीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै आफूहरु सशुल्क पार्किङमा नयाँ पद्धति बसाल्ने बताएको छ । सम्मेलनमा बोल्दै जेभीका अध्यक्ष इन्द्र गुरुङले भने, ‘हामी २ वर्षका लागि छानिएका छौं, त्यसपछि आउनेलाई पनि हामी सिस्टममा बस्न बाध्य हुने गरी काम गर्छौं ।’

आफूहरुले सुरुमा कामलाई ‘म्यानुअल’ काम गरेपनि पछि सफ्र्टवेयरका माध्यमबाट काम गर्ने गुरुङले बताए । ‘हामी स्मार्ट डिभाइसले पार्किङ शुल्क उठाउने सफ्र्टवयर ल्याएर काम गर्छौं, अब पोखराको पाकिङ व्यवस्थित हुन्छ,’ उनले भने ।

Advertisement

महानगरले पार्किङ शुल्क तोकेर फेवा सावित्रीलाई कार्यादेश दिएको छ । कार्यादेश अनुसार ठुला सवारी साधनलाई प्रति घन्टा ३० रुपैयाँ लाग्ने छ ।

मझौला सवारी साधनमा मुख्य सडक क्षेत्रमा ३० रुपैयाँ प्रतिघन्टा, हलुका सवारी साधनमा २० रुपैयाँ प्रति घन्टा शुल्क लाग्नेछ । मोटरसाइकल र स्कुटरमा भने १० रुपैयाँ प्रतिदिन लाग्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया