मुस्ताङमा चीनले दियो स्वास्थ्य सामग्री

एसके थकाली, जोमसोम
उत्तरी छिमेकी देश चीनले मुस्ताङलाई कोरोना रोकथामका लागि तेस्रोपटक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
चीनको स्वशासितक्षेत्र तिब्बतको ढुङ्वा काउन्टीले शुक्रबार २० हजार थान सर्जिकल माक्स, ५ हजार थान सर्जिकल ग्लोब्स र २ सय थान टेस्ट कीट जिल्ला स्वास्थ कार्यालय मुस्ताङलाई सहयोग गरेको कार्यालय प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।
चीनतर्फ मुस्ताङको उत्तरी कोरला नाकामा खटिएका चिनियाँ डिएसपी निमा लगायतको सुरक्षाकर्मीको टोलीले जिल्ला स्वास्थ्य कार्यालयको टोलीलाई माक्स,ग्लोब्स र कीट बुझाएको स्वास्थ प्रमुख भण्डारीले उल्लेख गरे ।
उनीहरुले सामग्री हस्तान्तरण गर्नुअघि व्यक्ति,गत सुरक्षा उपकरण (पिपिई) लगाएर डिसइन्फेक्सन गराएका थिए ।
चीनको ढुङ्वा काउन्टीले नेपालमा कोरोनाका कारण लकडाउनको अवधिको समयमा पहिलो र दोस्रोपट्क गरी ठूलो परिमाणमा मुस्ताङलाई माक्स,सेनेटाईजर,ग्लोब्स, पिपिई र डिसइन्फेक्सन उपकरण सहयोग गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए ।
चीनबाट उपलब्ध स्वास्थ्य सामग्री ५ वटै स्थानीय तहका स्वास्थ्य चौकी,सुरक्षाकर्मी,विद्यालय,संघसंस्था र कर्मचारीलाई माग र औचित्यको आधारमा वितरण गरिएको उनले बताए ।
चीनको तिब्बत ढुङ्वा काउन्टीले उपल्लो मुस्ताङको २ पालिकालाई २ पटकसम्म खाद्यान्न तथा विभिन्न राहत सामग्री वितरण गरेको थियो ।
यसअघि चीनले उपल्लो मुस्ताङका किसानलाई घाँस काट्ने रिफर मेसिन निशुल्क सहयोग गरेको लोघेकर दामोदरकुण्ड गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे ।
उनका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर गापालाई बर्सेनि चीनले राहत सामग्री सहयोग गर्ने गरेको बताए ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया