ओली समूहको प्रशिक्षण सुरु, गण्डकीमा कोको खटिए ?

समाधान संवाददाता २०७७ पुष ८ गते १२:१५

समाधान संवाददाता, पोखरा

केपी शर्मा ओली समूहले सात वटै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

मंगलबार बसेको ओली समूहको बैठकले महाधिवेशन २०७८ मंसिर २ गते टुंगो लगाएसँगै आज सात वटै प्रदेशमा प्रशिक्षण गर्न लागेको हो ।

Advertisement

प्रशिक्षणका लागि गण्डकीमा ओली समूहका ४ नेतालाई जिम्मेवारी दिइएको छ ।

गण्डकीमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल प्रशिक्षणका लागि खटाइएका छन् ।

Advertisement

यस्तै प्रदेश नं १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा। शिवमाया तुम्बाहाम्फे तोकिएको छ भने प्रदेश नं २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो जिम्‍मेवारी तोकिएको छ । पूर्वमाओवादी समूहका मणिचन्द्र थापा पछिल्‍लो समय ओली समूहमा लागेका हुन् ।

त्यस्तै वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल छन् । लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई तोकिएको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य खटिएका छन् भने सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा। विन्दा पाण्डे तोकिएका छन् । पूर्वमाओवादी समूहका लेखराज भट्ट पनि पछिल्‍लो समय ओली समूहमा लागेका हुन् ।

तपाईको प्रतिक्रिया