प्रचण्ड–माधव समुहः संसदीय दलकाे नेताबाट ओली निस्काशित, प्रचण्ड सर्बसम्मत

समाधान संवाददाता २०७७ पुष ८ गते १४:४८

समाधान संवाददाता, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ।

मंगलबार ओलीलाई पार्टी अध्यक्षबाट हटाएकाे याे समुहले बुधबार संसदीय दलकाे नेताबाट पनि हटाएकाे हाे ।

Advertisement

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो। माधव नेपालको प्रस्ताव बैठकमा सामेल प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यले तालीले अनुमोदन गरेका हुन्।

ओलीलाई संसदीय दलकाे नेताबाट हटाएर उनकाे ठाउमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेकाे छ । याे प्रस्ताव पनि माधव नेपालल नै राखेका हुन् ।

Advertisement

मंगलबा ओलीलाई अध्यक्षमा हटाएर उनकाे ठाउमा माधव नेपाललाई चयन गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया