बादलले भने–ओली अग्रगामी, प्रचण्ड पश्चगामी

समाधान संवाददाता २०७७ पुष ९ गते १५:४९

समाधान संवाददाता, काठमाण्डाैं ।

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले पुष्पकमल दाहाल प्रचण्डलाई पश्चगामी भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अग्रगामी भनेका छन् ।

पार्टी भित्रकाे तनावपछि पहिलाे पटक मुख खाेलेका थापाले ओलीलाई साथ दिएका छन् । अहिलेसम्म कुनै पनि समुहमा नलागेका उनी विहीबार मात्र ओली समुहकाे बैठकमा सहभागी भएका थिए ।

Advertisement

साेही बैठकलाई सम्बाेधन गर्दै उनले प्रतिनिधिसभा संसद विघटन अग्रगामी कदम भएको बताएका हुन् ।

राष्ट्रियसभा सदस्य समेत रहेका थापाले संसद विघटन गरेर नयाँ जनादेशका लागि जाने कदम क्रान्तिकारी भएको दावी गरे । उनले प्रतिनिधिसभा पुनःस्थापनाको माग पश्चगामी भएको जिकिर गरे । थापाले प्रतिनिधिसभा विघटन बाध्यकारी कदम भएको बताए ।

Advertisement

‘संसद विघटन पनि क्रान्तिकारी कदम हो, जे भएको छ ठीक छ । जनतामा जाने कुरा अग्रगामी कदम हो । पुनःस्थापनाको कुरा पश्चगामी छ,’ थापाको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

तपाईको प्रतिक्रिया