उद्योग वाणिज्य संघ गण्डकीमा कोइराला

समाधान संवाददाता २०७७ पुष ११ गते २१:४०

समाधान संवाददाता, पोखरा

नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । संघको शनिबार राति प्राप्त निर्वाचन परिणामअनुसार कोइराला भारी मतले विजयी भएका हुन् ।

८० प्रतिशत भोट खसेकोमा ५४ प्रतिशत सञ्जीव र उनका प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेले २६ प्रतिशत मत प्राप्त गरे । जिल्ला नगर, वस्तुगत गरी ४० भोट सञ्जीवले प्राप्त गरेका भने हरिओमले १३ भोट प्राप्त गरेका छन् ।

Advertisement

संघको उद्योग वणिज्यतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल, वस्तुगत र एसोसिएट उपाध्यक्षमा मोतीप्रसाद पौडेल, कोषाध्यक्षमा श्रवणकुमार जोशी, जिल्ला नगर सदस्यमा उत्तमकुमार कर्माचार्य, धर्मराज बस्याल, मंगलप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, लिलाबहादुर अधिकारी र सदस्य एसोसिएट सूर्यबहादुर भुजेल निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित भएपछि अध्यक्ष कोइरालाले उद्योगी व्यवसायीको पक्षमा सधैं आवाज उठाउने प्रतिवद्धता जनाएका छन् । गण्डकी प्रदेशभरिका सबै व्यवसायीको हकहित र प्रवद्र्धनका निम्ति संघले छाता संगठनको भूमिका निभाउने कोइरालाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया