पाेखरामा ओली कदम विरुद्द प्रचण्ड–नेपालकाे प्रदर्शन

समाधान संवाददाता २०७७ पुष १४ गते १२:५४

समाधान संवाददाता, पाेखरा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले आज देशभर विरोध प्रदर्शन कार्यक्रमकाे आयाेजना गरेकाे छ।

ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै आएकाे नेकपा प्रचण्ड नेपाल समुहले देशैभर विराेध कार्यक्रम आयाेजना गरेकाे हाे ।

Advertisement

यसैक्रममा पाेखराकाे पृथ्विचाेकमा अहिले विराेध सभा सुरु भएकाे छ । सभा सुरु हुनु अघि चिप्लेढुङ्गगाबाट जुलुस निस्किएकाे थियाे ।

महेन्द्रपुल, नयाँ बजार हुँदै पृथ्विचाेकमा पुगेकाे जुलुसलाई सम्बाेधन गर्न नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पाेखरा आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया