मुस्ताङमा संसद विघटनविरुद्ध प्रदर्शन

एसके थकाली, पोखरा
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध मुस्ताङमा मंगलबार विरोध प्रर्दशन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड माधव पक्ष समर्थित मुस्ताङका नेता तथा कार्यकर्ताले संसद विघटन बिरुद्धमा प्रर्दशन गरेका हुन् ।
हिउँद यामको माइनस तापक्रमका बाबजुद नेकपा प्रचण्ड—माधव पक्षका नेता तथा कार्यकताले मुस्ताङ सदरमुकाम जोमसोममा संसद बिघटन धोका हो, ओलीको असंवैधानिक कदम मान्दैनौं लगायतका नारा लगाए ।
केपी ओली सरकारले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाउँदै मुस्ताङ सदरमुकाम जोमसोममा उनीहरु नाराबाजीसहित विरोधमा उत्रिएका हुन् ।
विरोध प्रर्दशनपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङको गेटमा कोणसभा गरियो । कोणसभामा नेकपा मुस्ताङ जिल्ला इन्चार्ज श्रीमाया थकालीले प्रधानमन्त्री ओलीले असंवैधानिक रुपले संसद विघटन गरेर मुलुक र जनताको भावना विपरीत राज्य दोहन गरेको आरोप लगाईन् ।
थकालीले ७० वर्ष खर्चिएर बनेको कम्युनिस्ट पार्टीको संगठन ओलीले समाप्त पार्न खोजेको भन्दै रक्षाका लागि कम्युनिस्ट कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा जोड दिईन् ।
उनले २०६२÷०६३ सालको जनआन्दोलनले स्थापित गरेको लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावना विपरीत ओलीको एकाधिकारवादले संविधानको औचित्य समाप्त पार्न खोजेको उल्लेख गरिन् । उनले संसद पुनस्र्थापन हुन नसके मुलुक वर्वादी उन्मुख हुने भन्दै यसतर्फ सचेत रहेको ओली प्रवृद्धि विरुद्ध जुट्न कार्यकतालाई आग्रह गरिन् ।
कोणसभामा पत्रकार भीम रसाइली, रक समाजका अगुवा चन्द्रबहादुर थकाली, नेकपा प्रदेश कमिटी सदस्य जमुना थकाली, दलित मुक्ति संगठन अध्यक्ष सुकबहादुर ल्वागुन, नेकपा जिल्ला कमिटी सदस्य तथा दलित मुक्ति संगठनका केन्द्रिय सदस्य धिरेन्द विक, नेकपा जिल्ला नेता विशाल विक लगायतले बोलेका थिए ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया