पर्वतीय खेलकुद महोत्सव फागुनमा

समाधान संवाददाता २०७७ पुष २१ गते १०:००

समाधान संवाददाता, पोखरा

९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गर्ने तालिका सर्ने निश्चित भएको छ ।

कोरोना महामारीका कारण प्रतियोगिता पछि स्थगित हुन लागेको हो ।

Advertisement

राष्ट्रिय प्रतियोगिता नहुने निश्चित् प्राय भएका बेला गण्डकीमा ८ औं पर्वतीय खेलकुद महोत्सव हुने भएको छ ।

माउन्टेन स्पोर्टस फेडेरेसनले गण्डकीमा फागुन २० देखि खेलकुद महोत्सव गर्ने भएको हो ।

Advertisement

महोत्सवमा १५ खेल आयोजना गर्न आयोजकले प्रस्ताव गरेको छ ।

आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट वोर्डिङ लगायतका खेलगर्न प्रस्ताव गरिएको राखेप सदस्य तथा महोत्सव संयोजक सुवर्ण श्रेष्ठले बताइन् ।

ट्रायाथलन र रिङ रेस्लिङका भने अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछन् ।

खेलहरु कहाँ गर्ने भन्ने टुंगो लागेको छैन । महोत्सव गर्न १ करोड ८८ लाख अनुमानित खर्च हुने आयोजकको अनुमान छ ।

महोत्सव आयोजना गर्न सम्बन्धित खेल संघका प्रतिनिधि सम्मिलित १७सदस्यीय व्यवस्थापन समिति गठन भएको छ ।

माउन्टेन स्पोर्टस फेडेरेसनका प्रदेश संयोजकसमेत रहेका गण्डकी प्रदेश सांसद ईन्द्रधारा विष्टसहित ६ सदस्यीय सचिवालाय कार्यदल गठन भएको छ ।

महोत्सव अन्तर्राष्ट्रिय खेलकुदको ‘वार्मअप’ बन्ने राखेप सदस्य गोविन्द भट्टराईले बताए ।

‘ओलम्पिक कमिटी र परिषद्बाट अध्ययन गर्दा २०२५ सम्म योजना बनाउनुपरेकाले यो ठाउँमा अहिले राष्ट्रिय खेल गरेरपछि अन्तर्राष्ट्रिय खेलकुद गर्न सकिन्छ । यो वार्म अप बन्न सक्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया