जग्गाको पैसा माग्दा यौन प्रस्ताव राख्ने पोखराका रामकुमार पक्राउ

समाधान संवाददाता २०७७ माघ २ गते २१:००

समाधान संवाददाता, पोखरा

सामाजिक सञ्जालमार्फत महिलालाई अश्लील म्यासेज लेख्ने पोखराका एक पुरुष पक्राउ परेका छन् ।

पोखरा महानगर ११ काहुँखोलाका ४६ वर्षे रामकुमार खत्रीलाई कास्की प्रहरीको सहयोगमा साइबर ब्युरोले शुक्रबार बिहान पक्राउ गरेको हो ।

Advertisement

कास्की प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर दीपक केसीका अनुसार ब्युरोले खत्रीलाई पक्राउ गरेर पठाइदिन भन्दै बिहीबार पत्र पठाएको थियो । ‘बिहान पक्राउ गरेर काठमाडौं पठाइसक्यौं,’ इन्स्पेक्टर केसीले समाधानसँग भने ।

भएको के हो ?

Advertisement

‘हाम्रो धर्म मान, तिमीलाई दिन भएको सबै पैसा दिन्छौं,’ पुस पहिलो हप्ता फूलबारीकी महिलालाई फेसबुकमा मेसेज आयो । मेसेज त्यतिमै सीमित रहेन । अझै अर्काे मेसेज आयो, ‘तिम्रो बुढालाई दिन भएको ३२ लाख रुपैयाँ म सबै दिन्छु, प्रकाश मेरो साला हो, तिम्रो बुढालाई सच्चाई धर्मको विरोध नगर्न भन । हाम्रो धर्म राम्रो छ, तिमी पनि मान तिमिलाई गाडी, पैसा दिन्छु ।’

महिलालाई मेसेज पठाउने रामकुमार खत्री नै थिए । खासमा ती महिलाका श्रीमान्ले चितवन माडीको जग्गा २०७६ साउन २० गते रामकुमारका साला भनिने प्रकाशदीप गैह्रे (३८) लाई बेचेका थिए । सोही जग्गाको रकम लगातार माग्दा पनि ती महिलाले पाउन सकेकी थिइनन् ।

ती महिला र उनका श्रीमान्ले आफूले पाउनुपर्ने रकम माग्दा सास्ती झेलेको यो पहिलोपटक होइन । यसअघि २०७६ असोज ४ गते उनका श्रीमान्लाई आफूहरुले नै अपहरण गरेको र प्रहरीले केही गर्न नसकेको भन्दै रामकुमार लेडर देखाएका छन् । ‘हामी प्रकाश र विजयले तिम्रो बुढालाई अपहरण गरेको हो, प्रहरीले के ग¥यो ? हाम्रै जित भयो,’ रामकुमारले मेसेन्जरमा लेखेका थिए ।

यतिमात्र होइन, सोही दिन रामकुमारले पैसा चाहिए आफू र प्रकाशसँग यौन सम्पर्क राख्नुपर्ने भन्दै धम्की दिएका थिए । ‘तिमीलाई दिन भएको सबै पैसा तिर्दिन्छौं, सच्चाई धर्म मान, सबै दिन्छौं,’ उनको म्यासेज थियो, ‘प्लिज प्रकाश र मलाई बेलाबेलामा सेक्स गर्न देऊ, तिमी सेक्सी छौ ।’

जग्गाको पैसा माग्दा यौन प्रस्ताव राखेपछि‘

तपाईको प्रतिक्रिया