गण्डकीमा दोस्रो दिन २८५५ जनाले लगाए खोप

समाधान संवाददाता २०७७ माघ १५ गते २०:५८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा बिहीबार २८ सय ५५ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार खोप अभियानको दोस्रो दिन प्रदेशका ११ जिल्लाका १४ सेन्टरबाट बिहीबार २८ सय ५५ जनाले खोप लगाएका हुन् ।

योसहित प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ४७ सय १४ पुगेको छ । बिहीबार कास्कीमा १४ सय ५५, लमजुङमा ३००, तनहुँमा २०९, पर्वतमा १८८, बागलुङमा १७८, नवलपुरमा १६७, स्याङ्जामा १२८, गोरखामा १३२, म्याग्दीमा ५०, मनाङमा ३० र मुस्ताङमा १८ जनाले खोप लगाएको निर्देशनालयले जनाएको छ ।

Advertisement

पहिलो दिन बुधबार १८ सय ५९ जनाले खोप लगाएका थिए । गण्डकी प्रदेश सरकारले पहिलो चरणमा साढे १७ हजार फ्रन्टलाइनरलाई कोप लगाउने लक्ष्य राखेको छ । प्रदेशले ३९ हजार डोज खोप केन्द्र सरकारबाट पाएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया