मुख्यमन्त्री कपको उपाधि तनहुँलाई

समाधान संवाददाता २०७७ फागुन ८ गते १८:०२

महिलातर्फ म्याग्दी च्याम्पिएन

समाधान संवाददाता, पोखरा

प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फको प्रतियोगिता तनहुँले जितेको छ ।

Advertisement

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा स्याङ्जालाई ३–२ को सेटमा हराउँदै तनहुँले उपाधि जितेको हो ।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । स्याङ्जाले पहिलो सेटमा तनहँुलाई २३–२५ को सेटमा हराएको थियो ।

Advertisement

दोस्रो र तेस्रो सेटमा तनहँुले २५–१७ र २५–२० को जित निकाल्न सक्यो । चौंथो सेटमा भने तनहँु २५–१७ ले पराजित भयो । अन्तिम सेटमा तनहँुले १५–११ को जित निकाल्दै उपाधि उचाल्यो ।

महिलातर्फको उपाधि भने म्याग्दीले जितेको छ । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही र कमला पुन सहभागि म्याग्दीले पर्वतलाई फाइनलमा ३–० को सोझो सेटमा हरायो ।

तनहुँ र म्याग्दीले नगद २÷२ लाख प्राप्त गरे । उपविजेता बनेका स्याङ्जा र पर्वतले नगद १ लाख रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा ९ टोलीको सहभागिता थियो । गोरखा र मनाङले प्रतियोगितामा विविध कारण देखाउँदै नाम निकालेका थिए ।

तपाईको प्रतिक्रिया