काठमाडौं पुगे विप्लव

समाधान संवाददाता २०७७ फागुन २१ गते १२:४७


समाधान संवाददाता


आज बिहान नवलपुरमा सार्वजनिक भएका दुई वर्षदेखि भूमिगत नेता नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं पुगेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार उनी शुक्रबार बिहान १२ बजेतिर कलंकी पुगेका थिए । सरकारले विप्लवलाई लिन हेलिकोप्टर पठाउने भनेको थियो । तर उनी गाडीमै काठमाडौं पुगेका हुन् ।


विप्लवलाई चितवनबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएको हो । कलंकीबाट सभागृह नपुगुञ्जेल उनी बीचमा कतै बस्ने भनेका छन् । तर, त्यो ठाउँलाई प्रहरीले गोप्य राखेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सहमतिमा हस्ताक्षर गर्न काठमाडौं आउन लागेका विप्लवलाई नवलपरासीका पार्टी कार्यकर्ता र सहिद परिवारले स्वागत गरेका छन् ।

Advertisement

आजै २ बजे दिउँसो प्रधानमन्त्री ओली र महासचिव विप्लवले सहमतिपत्रमा हस्ताक्षरसहित एउटै मञ्चबाट सम्बोधन गर्दैछन् ।

Advertisement

तपाईको प्रतिक्रिया