आजदेखि आहा रारा गोल्ड कप, सहारा र एपिएफबीच पहिलो खेल

समाधान संवाददाता २०७७ चैत २१ गते १०:३१
????? ????????????–?? ?? ??????????? ?????????? ?? ??????? ????? ??????? ???? ? ? ????? ???????? ?? ?? ???? ?? ?????? ?????? ??????? ????? ? ? ?????? ? ?????? ?????, ????

समाधान संवाददाता, पोखरा

१९ औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगिता शनिबार सुरु हुँदै छ । पहिलो खेलमा आयोजक क्लब सहारा र सशस्त्र प्रहरी बलको एपिएफ दिउँसो २ बजेपछि भिड्दै छन् ।

पहिलो क्वाटरफाइनल रहेको यस खेलमा सहाराले एपिएफलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्न प्रयत्न गर्ने छ ।

Advertisement

सहाराले १२ औं संस्करणको आहा रारा गोल्ड कप जितेको थियो । ३ पटकको फाइनलिस्ट सहारा एक पटक पनि फाइनल यात्रा तय गर्न नसकेको एपिएफलाई अहिले पनि हार चखाउने दाउमा छ ।

यी २ टोलीबीच आहा रारा गोल्डकप इतिहासमा २ पटकमात्र भेट भएको छ । १२ औं संस्करण जित्दा सहाराले एपिएफलाई क्वाटरफाइनलमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । त्यस खेल सहाराले १–० को झिनो अन्तरमा जितेको थियो ।

Advertisement

१७ औं संस्करणमा पनि यी २ टोलीबीच क्वाटरफाइनल खेल भएको थियो । १७ औंं संस्करणको पहिलो खेलमा एपिएफले १२ औं संस्करणमा भोगेको हारको बदला लिएको थियो । निर्धारित खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । अन्त्यमा खेल एपिएफले ५–४ को जित हात पारेको थियो ।

दोस्रो खेलमा भोलि ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुन खेल्नेछन् । तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मस्र्याङ्दी क्लब खेल्दा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टार र नेपाल पुलिस खेल्ने आयोजकले जनाएको छ ।

चैत २८ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताका विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा १ करोड २९ लाख १ हजार आम्दानी र १ करोड १ लाख ८१ हजार खर्च हुने अपेक्षा आयोजकको छ । बचत रकम सहाराको एकेडेमीमा खर्च गरिनेछ । हाल एकेडमीमा २४ बालक आश्रित छन् ।

यस्तै, सहारा क्लब पोखराले राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाललाई सम्मान गर्ने भएको छ । सहाराले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७७ बाट रिजाललाई सम्मान गर्न लागेको हो ।

नगद ३५ हजार र दोसल्लासहित सम्मान गरिन लागेको सहाराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । सहाराले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । अघिल्लो वर्ष राष्ट्रिय टोलीका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया