३ दलले ३ बजे प्रदेश प्रमुख भेट्दै, विशेष अधिवेशन डाक्न समावेदन गर्ने

समाधान संवाददाता २०७८ वैशाख २ गते १४:४९

समाधान संवाददाता, पोखरा ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरे लगत्तै अविश्वासको प्रस्तावमा हस्ताक्षरकर्ता दलहरुले प्रदेश प्रमुख अमिक शेरचनसंग भेट्न समय मागेका छन् ।

प्रदेश प्रमुख शेरचनले उनीहरुलाई आजै ३ बजे भेट्ने समय मिलाएका छन् । उनीहरुले प्रदेश प्रमुखालाई भेटेर विशेष अधिवेशन डाक्न समावेदन गर्नेछन् ।

Advertisement

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले हिजै राती १२ बजे देखि गण्डकी प्रदेशको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।

त्यो पत्र आजै ११.३५ बजे संसद सचिवालयमा दर्ता भएको हो । चालु संसद अधिवेशन अन्त भएको २४ घण्टा नबित्दै विशेष अधिवेशन माग गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया