उत्कृष्ट कौसी खेती गर्ने किसानलाई सम्मान

समाधान संवाददाता २०७८ वैशाख ३ गते १५:५८

समाधान संवाददाता, पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ८को नागढुंगा विकास समाजले उत्कृष्ट कौसी खेती गर्ने किसानलाई सम्मान गरेको छ ।

नयाँवर्ष २०७८ शुभकामना आदानप्रदान, क्यालेण्डर विमोचन कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । समाजमा आवद्ध १५ उत्कृष्ट कौसी किसानलाई सम्मान सहित ५।५ किलो अर्गानिक मल पुरस्कार प्रदान गरिएको थियो ।

Advertisement

केशवराज ढकाल संयोजकत्वमा गठन भएको कौसी खेती अनुगमन तथा मुल्यांकन उपसमितिमा सिफारिसमा ति किसानलाई सम्मान गरिएको समाजका अध्यक्ष डम्मरराज सुवेदीले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नम्बर ८का अध्यक्ष रुद्रनाथ बरालले समाजले कौसी खेती प्रवद्र्धन, सीसी क्यामरा जडान, सरसफाई लगायतका रचनात्मक कार्यक्रम गरेको बताए ।

Advertisement

सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक कृष्ण ढकालले विगत ९ वर्षदेखि समाज सुधारको क्षेत्रमा लागि परेको उल्लेख गरे । वडा सदस्य लक्ष्मी कौशलले समाजले विकास निर्माण र समाज सुधारको क्षेत्रमा उल्लेख्य काम गरेको बताइन् ।

कार्यक्रममा सशस्त्र प्रहरी सेवामा वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भएका कृष्ण ढकाल, अर्थ संकलन उपसमिति संयोजक दुर्गा गुरुङ र कौशी खेती अनुगमन उपसमितिका संयोजक ढकाललाई सम्मान गरियो ।कार्यक्रममा समाजका नागवेली टोल विकास संस्थाकी अध्यक्ष शारदा गिरी, समाजका उपाध्यक्ष नन्दप्रसाद बराल, सचिव गुरुप्रसाद शर्मा, कानुनी सल्लाहकार भीमनाथ बराल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया