‘सहकारी समृद्धिको मुख्य आधार’

समाधान संवाददाता २०७८ वैशाख ३ गते १६:०४

समाधान संवाददाता, पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १७ घारीपाटनस्थित सफल बचत तथा ऋण सहकारी सस्था लिमिटेडले नव बर्षको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा भित्तेपात्रो लोकार्पण समेत गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सृर्जना शर्माले सहकारी समृद्धिको मुख्य आधार भएको बताइन् । उनले सहकारी उत्पादनसंग जोडिनुको विकल्प नरहेको उल्लेख गरिन् । मानव अस्तित्वलाई नै संकटमा पार्ने गरी विश्व व्यापीरुपमा पैmलिएको कोरोना भाइरस (कोभिड—१९) रोकथामका लागि सामुहिक प्रयास आवश्यक रहने बताउदै उनले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेमा जोड दिइन् ।

Advertisement

पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण अधिकारीले सहकारीले पैसा खरिद विक्री नभई उत्पादित बस्तु बजारमा बिक्री गरेर आयआर्जनतर्पm लाग्नु पर्ने आवश्यकता औल्याए । सहकारीका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष अनिल शाही, सल्लाहकार प्रभा पन्त, सहकारीका निवर्तमान अध्यक्ष हरिप्रसाद बाँस्तोला, कोषाध्यक्ष धनबहादुर रानाभाट, सचिव गणेश श्रेष्ठ लगायतले सहकारीको महत्व माथि प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया